संकल्प बहुउद्धेश्शीय सहकारी संस्था द्वारा स्थापना दिवसमा सम्मान कार्यक्रम सम्पन्न

0

पप्पु रेग्मी / अनिशा गिरी
नवलपरासी- संकल्प बहुउद्धेश्शीय सहकारी संस्था लिमिटेड बर्दघाट–४ पश्चिम नवलपरासीले आफ्नो १४ औं स्थापना दिवस मनाएको छ ।
संस्थाका संस्थापक एंव कर्मचारीहरुलाई सम्मान गर्दै संस्थाले स्थापना दिवस मनाएको उपाध्यक्ष मुक्तमाया महत्तोले जानकारी दिनुभयो । विहीवार संस्थाले बिबिध कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैक बर्दघाट शाखा प्रबन्धक सविना पोखरेलले संस्थाले गरेको प्रगति उल्लेखनीय रहेको बताउदै नमुना सहकारीका रुपमा विकास गर्न सुझाव दिनुभयो । उहाँले संस्था राष्ट्रिय सहकारी बैकमा नियमित कारोवार गर्ने सहकारीको रुपमा पुरस्कृत भइरहेको बताउदै उत्पादनशील क्षेत्रमा कारोवार गर्ने संस्थाको योजना निकै प्रशंसनीय रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका संस्थापक चुडामणी भण्डारी, पुर्व अध्यक्ष भोजराज ढकाल, सल्लाहकार गणेश पाठक , पूर्व सल्लाहकार बोल्गा नेपाल, लेखा संयोजक रवि पाण्डेय , पत्रकार कुश्माकर ढकाल , पुर्व उपाध्यक्ष राजु प्रसाद खनाल, ऋण समिति संयोजक प्रेमक बहादुर पोखरेल लगायतले बोल्दै सहकारीले संकटपुर्ण अवस्थाहरु पार गर्दै अगाडि बढेको भन्दै शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष चुडामणी भण्डारी , पुर्व अध्यक्ष भोजराज ढकाल, संस्थापक एंव सल्लाहकार गणेश पाठक , पूर्व सल्लाहकार बोल्गा नेपाल, राजु प्रसाद खनाल , शान्तिदेवी हमाललगायतलाई संस्थामा पु¥याएको योगदान स्वरुप सम्मान गरिएको थियो । त्यस्तै ब्यवस्थापक चुनु कुमारी मानन्धर , सह ब्यवस्थापक , लालुकुमारी बि.क.का साथै कर्मचारीहरु पार्बती शाही,मिरा खरेल ,लिला अर्याल, सागर डुम्रे लगायतलाई प्रशंसा पत्र सहित सम्मान गरिएको हो ।
कार्यक्रम संस्थाका अध्यक्ष छविलाल खरालको अध्यक्षता सचिव बिनोद कण्डेलको संचालन , संचालक सदस्य ज्ञानु नेपालको स्वागतमा भएको थियो ।

तस्विर – बुद्धि भुजेल

 

You might also like