सैनामैनामा कृषकलाई बस्तु शित भण्डार एवं प्राविधिक तालिम
सिर्जना प्रतेल÷फागुन २९, सैनामैना ।
सैनामैनामा रहेका कृषक तथा हाटबजार व्यावसायी हरुलाई शित भण्डार तथा बजारीकरण सम्बन्धी १ दिने अन्तरव्रिmया तथा प्रविधिक तालिम दिईएको छ ।
सैनामैना नगरपालिका र ग्ल्म्ए को आर्थिक सहयोग तथा सेतो गुँरास बालविकास संस्थाको व्यवस्थापनमा तालिम संचालन भएको हो ।
कृषकहरुलाई आवश्यक प्राविधिक ज्ञान नहुदा कृषकको लगानी अनुसार आम्दानी कम हुँदा किसानहरु मर्कामा पर्दै आएको सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद तिवारीले वताउनु भयो ।
कृषिमा अत्याधीक मात्रमा प्रविधि र कृषि यन्त्रको प्रयोग गर्न सके मात्र किसानको आयार्जनमा वृद्धि हुने प्रमुख तिवारीको उल्लेख गर्नु भयो । अव कृषकले समुह र सहकारी मार्फत कार्य गर्न सकेको खण्डमा आयआर्जनमा वृद्धि हुने र नगरपालिकाले सहयोग उपलब्ध गराउन समेत सहज हुने उहाँको भनाई थियो ।
सेतो गुँरास बालविकास संस्थाले निम्न आयआर्जन भएका किसान परिवारहरुका लागि विभिन्न आयआर्जन हुने खालका सिप मूलक तालिमहरु प्रदान गदै आएको सेतो गँुरास बालविकास संस्थाका अध्यक्ष शकुन्तला देवी पुनले वताउनु भयो ।
सामाजिक रुपान्तरणका लागि विभिन्न योजनाहरु वनाई कार्यव्रmम गर्दे आएको सेतो गँुरास बालविकास संस्थाका संचालक समिति सदस्य कमल न्यौपानेले बताउनु भयो ।
सैनामैनाका किसानलाई शित भण्डारको आवश्यकता र महत्वको विषयमा अवगत होस भन्ने उद्देश्यले तालिम संचालन गरिएको सेतो गुरास बाल बिकास संस्थाका कार्यव्रmम संयोजक प्रदिप राज पाण्डेले वताउनु भयो ।
बजारमा कृषकहरुले आफ्नो उत्पादनको अधिकतम मूल्यमा विव्रmी वितरण गर्न के कस्ता उपाय र विधि अपनाउनु पर्छ भन्ने विषयमा समेत सहजीकरण गरिएको संयोजक पाण्डेको भनाई थियो ।
तालिममा परम्परागत भण्डारण विधि, उत्पादन देखी बजार सम्म पु¥याउदाको समस्या, शित भण्डारको फाईदा लगाएतका विषयमा कृषकहरु लाई सहजिकरण गरिएको तालिमका प्रशिक्षक फोकस मल्टी एग्रो कन्र्सन एण्ड रिसर्च प्रा.लि का राजन कुंवरले बताउनु भयो ।
तालिममा सहभागी भएपछि आफुहरुलाई धेरै प्राबिधिक ज्ञान प्राप्त भएको र बजारीकरण् सम्बन्धी पनि ज्ञान पाएको सहभागीको भनाई थियो ।
सैनामैना नगरपालिका र ग्ल्म्ए को आर्थिक सहयोग तथा सेतो गुँरास बालविकास संस्थाको व्यवस्थापनमा कृषक लक्षित बिभिन्न प्रकारका सिप मुलक तालिम, कृषि यन्त्र बितरण तथा कृषकहरुलाई अनुदान बितरण गर्दै आएको छ । यस प्रकारका कार्यक्रमबाट सैनामैनाका सयौ कृषकहरु लाभान्बित हुदै आएका छन भने केही ब्यवसायिक रुपमा समेत आयआर्जनमा जोडिएका छन ।
तालिममा सैनामैनाका करिव ५० जना कृषक तथा हाटबजार व्यवसायीहरु सहभागी रहेको सेतो गँुरास बालविकास संस्थाका विनोद वि.क ले जानकारी दिनुभयो । सैनामैना–६ मा रहेको हवाईत हाउस पार्टी प्यालेसमा तालिम सम्पन्न भयोको हो । malmalafm