एमसीसी पारित र मुल्य बृद्धि बिरोधमा लगातार आन्दोलन,संयुक्त युवा संगठनले प्रर्दशन गर्ने

0

नवलपरासी- जिल्लामा ६ दल दुई मोर्चा आबद्ध जनबर्गीय मोर्चा संगठनहरुले एमसीसी पारितको बिरोधमा सर्घष गर्दै आएका छन् । घोषित कार्यक्रम अनुसार फागुन २८ गते युवाहरुको प्रर्दशन रहेको आयोजकले जानकारी दिएका छन् । क्रान्तिकारी युवा लीग नेपाल , विप्लव निकट युवा संगठन नेपाल र अखिल नेपाल युवक संघको २८ गते भुताहामा बिरोध कार्यक्रम गर्ने संगठनका जिल्ला अध्यक्ष कृष्ण गिरीले जानकारी दिनुभयो ।
६ दल आबद्ध मोर्चाका ३ दल र २ दुई मोर्चा पश्चिम नवलपरासीमा क्रियाशिल रहेका छन् । संर्घष समितिमा सक्रिय दलहरुका जनवर्गीय तथा मोर्चा संगठनको चैत्र ६ गते सम्मका संयुक्त कार्यक्रम तय भएको क्रान्तिकारी माओवादीका प्रदेश सदस्य तथा कार्यबहाक जिल्ला सक्रेटरी क्षेत्रबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । युवाहरुको प्रर्दशन पछि किसान तथा जातीय क्षेत्रीय संगठनहरुको बिरोध प्रर्दशन रहेको आयोजक एमसीसी बिरुद्ध संर्घष समिति पश्चिम नवलपरासीले जनाएको छ ।

You might also like