दाङमा चालक पक्राउको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध
२५ फागुन, दाङ । दाङमा सवारी दुर्घटनापछि फरार रहेका कार चालकको पक्राउको माग गर्दै मृतकका आफन्तले पूर्वपश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध गरेका छन् ।
लमही नगरपालिका- ३ वनगाउँ स्थित मगलबार राति १० बजे कार र मोटरसाइकल एक आपसमा ठाेक्किँदा राप्ती गाउँपालिका १ भालुवाङका करिब ३० वर्षका माेटरसाइकल चालक नरेन्द्र जिसीको मृत्यु भएको थियो ।
दुर्घटनापछि फरार रहेका कार चालकलाई पक्राउ नगरेको भन्दै मृतकका आफन्त बिहानैदेखि भालुवाङ बजारमा सडक अवरुद्ध गरेका छन् ।
मृतकका आफन्तले फरार रहेका कार चालकलाई पक्राउ गरी कार्बाही गर्नुपर्ने माग राखेका छन् । प्रहरीले भने फरार चालकको खोजी कार्य तीव्र पारिएको बताएको छ ।onlinekhabar