डढेलो नियन्त्रण गर्ने क्रममा जलेर मृत्यु

0

२५ फागुन, म्याग्दी । मालिका गाउँपालिका-५ देविस्थानस्थित भिरखर्क सामुदायिक जंगलमा लागेको आगो निभाउने क्रममा एकजनाकफ मृत्यु भएको छ ।

मालिका गाउँपालिका-५ गरजडा बस्ने २६ वर्षीय मन बहादुर बोहोराको जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

साथै, आगो निभाउने क्रममा जलेर घाइते भएका सोही ठाउँ बस्ने २१ वर्षीय मबहादुर सार्कीलाई उपचारका लागि प्रभु एयरको हेलिकप्टरद्वारा पोखरा गण्डकी मेडिकल कलेज लगिएको छ ।onlinekhabar

You might also like