कांग्रेस बुटवल चुनावी प्रचारप्रसारमा लाग्यो

0

आज बुटवल वडा नं. ११ देविनगरमा स्थानीय निर्वाचन प्रचार प्रसार कार्यालयको आज नेपाली कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै उँहाले स्थानीय तहको निर्वाचनको लागि कांग्रेसले चुनावी प्रचार प्रसार सुरु गरेको जानकारी दिनुभयो ।

कांग्रेसले गरेका काम तथा विकास निर्माणको बारेमा जनतालाई बुझाउन आवश्यकता रहेकोमा खाँणले जोड दिनुभयो । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डेयले कांग्रेसका कार्यकर्ता सधैं जनताको सुख दुखको साथी बन्नु पर्ने बताउनु भयो ।

महामानव विपि कोईरालाले प्रतिपादन गरेको समाजबादको शिद्धान्त अनुसार साधारण जीवनमा रहेर जनताको घर घरमा पुगेर सुख दुःखमा साथ दिनको लागि उँहाले आग्रह गर्नुभयो ।

सभापति पाण्डेयले बताउँदै जनताको नजिकको सरकार स्थानीय तह भएकाले वडा वडामा नेपाली कांग्रेसको जित भएमा जनताले सजिलो गरी सेवा पाउने दाबी गर्नुभयो ।

नेपाली कांग्रेस बुटवल वडा नं. ११ का सभापति जित बहादुर मल्लले विभिन्न पार्टीहरु परित्याग गरी २५ जना नेपाल कांग्रेसमा प्रवेश गरेको जानकारी दिनुभयो । चुनावी प्रचार प्रसार तथा कार्यकर्ता भेटघाटको लागि कार्यलयको स्थापना गरिएको उँहाले बताउनु भयो ।butwalonline

 

You might also like