पश्चिम नवलपरासीमा आधा बढि आर्थिक प्रतिष्ठान बिना दर्ता संञ्चालन

0
फागुन १८ । पश्चिम नवलपरासीमा आधा बढि आर्थिक प्रतिष्ठान (फर्म तथा संस्थाहरु) बिना दर्ता संञ्चालनमा रहेको पाईएको छ । आईतबार तथ्याङ्क कार्यालय चितवनले परासीमा आयोजना गरेको राष्ट्रिय आर्थिक गणना २०७५ को जिल्ला स्तरीय नतिजा सार्वजनिक गोष्ठिमा जिल्लामा रहेको आधा बढि प्रतिष्ठान कुनै पनि निकायमा दर्ता बिना संञ्चालनमा रहेको तथ्याङ्क प्रस्तुत गरिएको छ । नवलपरासीमा हाल ११ हजार २ सय ८ आर्थिक प्रतिष्ठान संञ्चालनमा रहेका छन् । 

जस मध्ये ५५ दशमलव २१ प्रतिशत अर्थात ६ हजार १ सय ८७ ओटा फर्महरु बिना दर्ता आर्थिक कारोबार गरिरहेका छन् भने ५ हजार २१ अर्थात ४४ दशमलव ७९ प्रतिशतले मात्र सरकारी निकायमा दर्ता भई संञ्चालनमा रहेका छन् ।

जिल्लाका सात पालीका मध्ये सबैभन्दा बढि प्रतिष्ठान सुनवल नगरपालिकामा छन् भने सबैभन्दा कम पाल्हीनन्दन गाँउपालिकामा रहेको तथ्याङ्क कार्यालय चितवनका तथ्याङ्क अधिकृत यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो । जिल्लामा रहेका फर्महरु दर्ता नहुने मात्रै होईन लेखा पनि नराख्ने गरेको पाईएको छ ।

कुल प्रतिष्ठान मध्ये ६१ प्रतिशतले लेखा प्रणाली अनुरुप हिसाब किताब राख्ने नराख्ने गरेको तथ्याङ्कमा उल्लेख छ । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये दर्ता प्रक्रिया पुरा नगरी आर्थिक प्रतिष्ठान संञ्चालन गर्ने जिल्लाको सुचिमा नवलपरासी अगाडी छ । जिल्लामा रहेका प्रतिष्ठानमा २६ हजार ७ सय ७४ पुरुष र १७ हजार ९२ महिला गरी कुल ४३ हजार ८ सय ६६ जनशक्ति कार्यरत रहेका छन् । तथ्याङ्क सार्वजनिक कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शिवशंखर प्रसाद रायले २०७५ सालमा संकलित तथ्याङ्क बल्ल सार्वजनिक गर्दा प्रभावकारीता कम भएको टिप्पणी गर्नुभयो ।

अधिकांश फर्म तथा संस्थाहरु जिल्लामा बिना दर्ता संञ्चालनमा रहेकाले त्यस्को नियमन आवश्यक भएकोमा रायले जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कुनै न कुनै सरकारी निकायमा प्रतिष्ठान दर्ता हुनुपर्ने बताउनुभयो । जिल्लामै दर्ता हुनुपर्छ भन्ने छैन् प्रकृति अनुसार कुनै न कुनै निकायमा दर्ता भई संञ्चालनमा आएको हुनुपर्ने र त्यस्मा निगरानी गरिने पनि मिश्रले बताउनुभयो । राष्ट्रिय आर्थिक गणनाको २०७६ साल असार १६ गते नतिजा प्रकाशन गरिसकिएको भएपनि नवलपरासी पश्चिमममा भने आईतबार बल्ल सार्वजनिकिकरण कार्यक्रम गरिरएको हो । सो क्रममा जनप्रतिनिधि, सुरक्षा निकाका प्रमुख, पत्रकार, उद्योगि व्यवसायी लगाएत सरोकारवालाको सहभागिता थियो ।parasifm

You might also like