रास्ट्रघात विरुद्ध आन्दोलनमा उत्रन बिप्लवको आग्रह
बर्दघाट – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले रास्ट्रघाती एम.सि. सि .सम्झौताको विरुद्ध आन्दोलनमा उत्रन नेता कार्यकर्तालाई निर्देशन गर्नु भएको छ । शनिवार काठमाडौ जाने क्रममा पश्चिम नवलपरासी आउनु भएका उहाँले नेता कार्यकर्ताहरु संगको भेटघाटको क्रममा रास्ट्रघात विरुद्ध उत्रिनु बर्तमान कार्यसुची रहेको बताउनु भएको हो । जनतालाई साथ लिएर आन्दोलनमा उत्रनु पर्ने उहाँको भनाइ थियो ।