बर्दघाट खानेपानी सुरक्षा योजना समितिद्वारा साधारणसभालाई ब्यवस्थित बनाउन बिभिन्न निर्णय
नवलपरासी- पश्चिम नवलपरासीको बर्दघाटमा रहेको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तरगत खानेपानी सुरक्षा योजना समितिको बैठकले साधारणसभालाई ब्यवस्थित गर्ने निर्णय गरेको छ ।
बैठकमा संस्थाका बिशेष अतिथि तथा अध्यक्ष धातानन्द बस्यालले संस्थाले संस्थालाई ब्यवस्थित रुपमा संचालन गर्न सबैको साथ पाएकोमा धन्यवाद ज्ञापन गर्दै संस्थालाई थप नमुना बनाउदैं लैजान सुझाव माग्नुभएको थियो । सबैका सुझावलाई समेटेर लैजाने उहाँले प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो ।
यही फागुन २८ गते हुने साधारणसभालाई ब्यवस्थित गर्न खानेपानी सुरक्षा योजना समितिको तर्फबाट बिभिन्न निर्णय लिएका छौ – समितिका संयोजक तथा उपाध्यक्ष दिपक लम्सालले भन्नुभयो – कार्यक्रमलाई भब्य बनाउने तयारी छ । बैठकमा सुरक्षा योजना समितिका सदस्यहरु रवि पाण्डेय , कृष्ण हरि पौडेल, काशीराम न्यौपानेलगायतले क्षेत्रगत रुपले सुझाव राख्नुभएको थियो ।
सभालाई ब्यवस्थित गर्न बिभिन्न सात वटा उपसमिति गठन गरिएको लम्सालले बताउनुभयो । बैठकमा ब्यवस्थापक बिष्णु कुमार भुसालले पानी परिक्षण प्रतिबेदन र अनुगमन समितिको तर्फबाट ढुंगानाले प्रतिबेदन पेश गर्नुभएको थियो । बैठक समितिका संयोजक तथा उपाध्यक्ष दिपक लम्सालको अध्यक्षता सचिव धनबहादुर गुरुंगको संचालनमा भएको थियो ।