एमसीसीबारे बोल्न चाहना राख्ने सबै सदस्यले बोल्न पाउने, समय पाँच मिनेट
काठमाडौं, फागनु १२ गते । अमेरिकी सहायता परियोजना (एमसीसी)बारे आज संसदमा छलफल मात्र अघि बढ्ने भएको छ । बैठक अघि बसेको संसद कार्यव्यबस्था परामर्श समितिको बैठकमा सहभागी एक सदस्यका अनुसार सदनमा बोल्न चाहने सबै सदस्यले छलफलमा भाग लिन पाउने छन् । तर बोल्न चहाने सदस्यलाई बोल्ने समय ५ मिनेट दिइने सहमति भएको उहाँले बताउनुभयो ।एमसीसीबारे सत्ता गठबन्धनका नेताहरूबीच सहमति जुटाउन विहान गठबन्धानका नेताहरूबीच सिंहदरवारमा छलफल भएकाे थियाे । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएकाे थियाे ।gorkhapatra