संसद भवनअगाडि ६ पार्टी र २ मोर्चाको विरोध प्रदर्शनसहितको विशाल सभा सम्पन्न (फोटोफिचर)

0

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), नेकपा (मसाल), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (माओवादी केन्द्र समाजवादी) र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा माइतीघरदेखि नयाँ बानेश्वर संसद भवनअगाडिसम्म विशाल विरोध प्रदर्शन सम्पन्न भएको छ ।

विरोध प्रदर्शनपछि आयोजित विशाल सभालाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य समेत रहनु भएका देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, नेकपा (क्रान्तिकारी माओवादी)मा पीवीएम दिनेश शर्मा सागर, नेकपा (विप्लव)का केन्द्रीय सदस्य मिलन, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रतिनिधिसभा सांसद दुर्गा पौडेल, नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका युवा नेता जागृत रायमाझी लगायतका नेताहरुले सम्बोधन गर्नुभयो ।moolbato

नेताहरुले एमसीसी पास भए देशमा राष्ट्रिय युद्ध हुने चेतावनी दिनुभएको छ । अमेरिका जुन देशमा गएको छ, त्यो देशलाई ध्वस्त पारेको फेहरिस्त प्रस्तुत गर्दै नेपालमा एमसीसीमार्फत् अमेरिकालाई भित्र्याउनु भनेको नेपालको सर्वनाश निम्त्याउनु हो भन्ने विचार व्यक्त गर्नुभयो ।
उहाँहरुले सत्तारुढ माओवादी केन्द्र, एसमाजवादी लगायतका पार्टीहरुलाई एमसीसीको खारेजीका लागि सडकमा आउन चुनौती दिंदै राष्ट्रिय स्वाधीनताको मुद्दामा अवसरवादी चरित्र प्रदर्शन नगर्न चेतावनी दिनुभयो ।

आन्दोलनमा सहभागी भएका नेता कार्यकर्ताहरुलाई धन्यवाद दिंदै एमसीसी खारेज नभएसम्म अझ सशक्त र वृहत आन्दोलन उठानमा लाग्ने समेत बताउनु भयो ।
विरोधसभाको सञ्चालन नेकपा (विप्लव)का केन्द्रीय सदस्य रामलाल विकले गर्नुभएको थियो ।
विरोध प्रदर्शनमा एमसीसी चाहिदैन, देश बेच्न पाइदैन, अमेरिकी साम्राज्यवाद मुर्दावाद, दलालहरु होशियार लगायतका नाराहरु घन्काइएका थिए ।
त्यसैगरी आज सातवटै प्रदेशका जिल्लाहरुमा पनि ६ पार्टी र दुई मोर्चाका आयोजनामा विरोध प्रदर्शन भएका छन् ।

You might also like