वाइन उद्योगको शेयर बेचेपछि एन्जेलिना जोलीविरुद्ध ब्राड पिटले हाले मुद्दा
पिटले शेयर बेच्ने जोलीको कदम खारेज गर्न र यसबाट आफूलाई हुन पुगेको क्षतिपूर्ति माग गर्दै मुद्दा हालेको मेट्रो डटकमले जनाएको हो । जोली र पिटले सन् २००८ मा फान्सको कोरेन्सस्थित साटो मिराभल नामक वाइनरी (अंगुर बगैंचासहितको वाइन बनाउने कारखाना) मिलेर खरिद गरेका थिए । तर जोलीले उक्त वाइनरीमा रहेको आफ्नो शेयर शेफ्लरले सञ्चालन गर्दै आएको स्टोली ग्रुपलाई बेचेकी छन् ।पिटले अदालतमा पेश गरेको कागजातमा वाइनरीको प्रगतिमा जोलीको भन्दा आफ्नो बढी मेहनत रहेको उल्लेख छ । त्यस्तै, दोस्रो पक्षको मञ्जुरीबिना व्यवसायमा भएको लगानी अरुलाई बेच्न नपाउने गरी सहमति गरेको, तर जोलीले उक्त सहमति लत्याएको पनि पिटको भनाइ छ ।
जोली र पिटले सन् २०१४ मा विवाह गरेका थिए । तर विवाह गरेको दुई वर्षभित्रै दुवै जना एक्ला-एक्लै बस्दै आएका थिए । सन् २०१९ मा उनीहरूको सम्बन्ध विच्छेद भएको थियो । दुवै जना सन् २०१६ देखि नै विभिन्न कानुनी लडाइँमा फस्न पुगेका छन् ।onlinehabar