रुस-युक्रेन युद्ध रोक्न माग गर्दै राष्ट्रसंघको कार्यालय अगाडि प्रदर्शन

0
५ फागुन, काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले रुस-युक्रेनबीच युद्ध सम्भावना टार्न विशेष पहलको आग्रह गर्दै नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा प्रदर्शन गरेको छ ।

बिहीबार नेपालस्थित राष्ट्रसंघीय कार्यालय पुल्चोक अगाडि ब्‍यानर, पर्चामा विभिन्‍न आग्रहसहित शान्ति समाजमा आवद्ध अधिकारकर्मीले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उनीहरुले युद्ध टार्न र शान्ति प्रवर्द्धन गर्न आह्वानसहित शान्तिको अधिकार सदा सर्वथा सुरक्षित हुनुपर्नेमा जोड दिएका थिए ।

प्रदर्शनपछि मानव अधिकर तथा शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई लेखिएको पत्र नेपालस्थित राष्ट्रसंघ कार्यालयमा हस्तान्तरण गरिएको शान्ति समाजले जनाएको छ ।onlinekhabar

You might also like