देउवा-प्रचण्ड भेटवार्ता : गठबन्धनको बैठक २ घण्टा पछि सारियो
बैठक आज ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि ३ बजे बस्ने भनिएको थियो ।
एमसीसीको विषयमा सत्ता गठबन्धनका नेताहरू विभाजित छन् । नेपाली कांग्रेस एमसीसी देशकै हितमा भएको भन्दै यसलाई जस्ताकोतस्तै संसदबाट पारित गर्नुपर्ने पक्षमा छ । तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधनविना यसलाई संसदमा लैजान नहुने अडानमा छन् ।
सत्ता गठबन्धनको अर्को एक दल राष्ट्रिय जनमोर्चाले भने एमसीसी खारेज गर्नुपर्ने पक्षमा छ ।onlinekhabar