प्रहरीको लाठी र बुट प्रहारबाट क्रान्तिकारी माओवादीका पीवीएम सुरेश श्रेष्ठसहित आधादर्जन घाइते
काठमाडौं । एमसीसी खारेजीका लागि ५ कम्युनिस्ट पार्टी र मोर्चाले आव्हान गरेको नेपाल बन्दको क्रममा बन्दकर्ता देशभक्त क्रान्तिकारीमाथि देउवा सरकारले निर्मम दमन गरेको छ । र, व्यापक रुपमा धरपकड गरेको छ ।
बन्दकर्ताले बन्द सफल पार्नका लागि माइतीघर मण्डलाबाट नयाँ बानेश्वर संसद भवनतर्फ नाराजुलुस लगाउँदै अगाडि बढ्ने क्रममा बिजुली बजारमा प्रहरीले रोकेपछि झडप हुँदा नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम सुरेश श्रेष्ठसहित आधा दर्जन घाइते भएका छन् । घाइते श्रेष्ठलाई वीर अस्पतालमा भर्ना गरिएको छ भने प्रहरीको लाठी र बुट प्रहारबाट सडकमै बेहोस भएका निरन तुलाधरलाई पनि उपचारको लागि वीर अस्पताल लगिएको छ ।
त्यसैगरी बन्दकै क्रममा चावहिलबाट नेकपा (माओवादी केन्द्र समाजवादी)का अध्यक्ष कर्णजीत बुढाथोकी लगायत ७ जनालाई गिरफ्तार गरेको छ ।
त्यसैगरी उपत्यका बाहिरका जिल्लाहरुमा पनि प्रहरीले व्यापक रुपमा धरपकड गरेको छ । प्रहरीको धरपकड र गिरफ्तारीका बाबजुद एमसीसी खारेजीका विरुद्ध बानेश्वरमा बन्दकर्ताले नाराजुलुस जारी राखेका छन् ।moolbato