एमसीसी चीनलाई घेर्ने सैन्य रणनीति हो : मेटमणि चौधरी
एमसीसी उपाध्यक्ष फतिमा सुमारलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै चौधरीले एमसीसीको ५० लाख डलर हरेक रात सडकमा सुत्न बाध्य भएका ५ लाख अमेरिकी जनताको सेवामा खर्च गर्न सुझाव दिएका छन् ।
‘हामी कुनै पनि राष्ट्रको सैन्य रणनीतिमा संलग्न हुँदैनौं, सबैसँग पञ्चशीलको आधारमा समान व्यवहार गर्दछौं तर तिम्रो उपस्थितिले हामीलाई तिमीमा संलग्न हुन बाध्य बनाँउछ । यसैले तिम्रो उपस्थिति नेपालमा कुनै पनि हालतमा हुनु हुँदैन । किनकि हामी असंलग्न नीति मान्ने राष्ट्रका जनता हौं’ चौधरीले लेखका छन् ।onlinekhabar