पश्चिम नवलपरासी सहित देशैभर मनाइदै जनयुद्धको २७ औ बार्षिकोत्सव

0


नवलपरासी – माओवादी घटकहरुले पश्चिम नवलपरासी सहित देशैभर जनयुद्धको २७ औं बाषिकोत्सव बिधि कार्यक्रम सहित मनाउदै छन् ।
आज नेकपा ( माओवादी केन्द्र ) नेकपा (क्रान्तिकारी माओवादी) विप्लव नेकपा, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी , गोपाल किराँतीको एकीकृत कम्युनिष्ट पार्टी, कर्णजित बुढाथोकीको माके समाजवादीलगायतले जनयुद्ध दिवस छुट्टा छुटटै रुपमा मनाउने भएका हुन । जनयुद्धका पहलकर्ताहरु यतिबेला तितर बितर अवस्थामा रहेका छन् । नेकपा (क्रान्तिकारी माओवादी)ले पश्चिम नवलपरासीको बर्दघाटमा जनयुद्ध दिवस मनाउने कार्यक्रम रहेको सेक्रेटरी चोलाले बताउनुभयो ।त्यस्तै माओवादी घटक सम्बद्ध पार्टीका जनवर्गीय मोर्चा संगठनहरुले समेत बिबिध कार्यक्रम गरी दिवस मनाउदैछन् ।
२०५२ साल फागुन १ गते जनयुद्ध शुरु गरेको माओवादीले फागुन १ गते जनयुद्ध दिवस मनाउदै आएका छन् । जनयुद्ध दिवस लगतै उनीहरुले शहिद दिवस मनाउने गर्दछन ।
टुटफुट र बिभाजनले माओवादी घटकहरुले छुट्टा छुटदै रुपमा जनयुद्ध दिवस मनाउदै आएका छन् । नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष भविश्वर तिवारीले जिल्लाका पालिकास्तरमा कार्यक्रम तयारी गरिएको जानकारी दिनुभयो ।
त्यस्तै विप्लव नेकपाले जनयुद्ध दिवसको तयारी गरेको बताएको छ ।

You might also like