विश्वभर थपिए साढे २१ लाख संक्रमित, साढे ११ हजारको मृत्यु
सो अवधिमा २९ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ११ हजार ५३८ जनाको मृत्यु भएको छ। पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण बिस्तारै दैनिक संक्रमितको संख्या घट्न थालेको छ। पछिल्लो केही दिनयता भारतमा समेत दैनिक संक्रमित हुनेको संख्या घट्दो छ।
पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख ६६ हजार भन्दाबढी, रुसमा १ लाख ६५ हजार, इटलीमा १ लाख १ हजार, ब्राजिलमा १ लाख ७१ हजार संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा भारतमा ६९ हजारभन्दा बढी संक्रमित थपिँदा १२ सय ३० जनाको मृत्यु भएको छ।Livenepal