एमसीसी सम्झौता खारेजीको माग गर्दै भुमहीमा संयुक्त बिरोध कार्यक्रम तयारी

क्रान्तिकारी माओवादी , विप्लव नेकपा र मसाल

0

नवलपरासी – ६ दल बामपन्थी दल र दुई मोर्चाको केन्द्रीय कार्यक्रम अनुसार २६ गते देशैभर एमसीसी सम्झौता खारेजीको माग गर्दै बिरोध कार्यक्रम तयारी गरिएको छ ।
केन्द्रमा संसद भवन घेराउ गर्ने र जिल्ला जिल्लामा बिरोध कार्यक्रम तयारी गरिएको ती पार्टीका नेताहरुले जनाएका छन् ।
सोही क्रममा पश्चिम नवलपरासीको भुमहीमा दिउसों १ बजे संयुक्त बिरोध कार्यक्रम तयारी गरिएको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का प्रदेश सदस्य क्षेत्र बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । जिल्लामा क्रियाशिल ३ पार्टी र २ मोर्चाको सक्रियतामा बिरोध कार्यक्रम हुने भएको हो ।
क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, नेकपा मसाल , राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालसहितका दलहरु कार्यक्रममा सहभागी हुनेछन् । त्यस्तै २२ दलीय मोर्चाको आव्हानसँगै पनि २६ गते देशैभर कार्यक्रम गरिदैछ ।

You might also like