बर्दघाट खानेपानीद्वारा मुहानक्षेत्रमा बाटो निर्माण
बाटो र रेलिङ्गसहितको गेट उद्घाटन
रवि पाण्डेय
बर्दघाट- पश्चिम नवलपरासीका बर्दघाट–४ मा रहेको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जंगल मुहान क्षेत्रको पानी प्रशोधन तथा रिजर्व टंकीमा जाने बाटो र रेलिङ्गसहितको गेटको विहीवार उद्घाटन गरिएको छ । नगर प्रमुख धीरज शर्मा बस्यालले सो बाटो उद्घाटन गर्नुभएको हो । कार्यक्रममा नगर प्रमुख बस्यालले दैनिक बर्दघाट खानेपानीलाई प्रगतिको बाटोबाट पछाडि हटने सुबिधा नभएको बताउनुभयो । अरु संस्थालाई जस्तो पछाडि हटने सुबिधा यस संस्थालाई छैन– आफूसंस्थाको नेतृत्वमा हुदाँको अनुभव सुनाउदै बस्यालले भन्नुभयो – नयाँ नयाँ काम गरेर देखाउनुपर्छ । त्यसमा नगरको साथ रहन्छ ।
उहाँले क्लोरिनेशन र अन्य कामको लागि टंकीसम्म पुग्नेबाटो गोरेटो रहेकोले प्राविधिकहरुलाई कार्यसम्पादनका लागि कठिनाइ परेकोले सहजताका लागि सिढी सहितको बाटो निर्माण गर्न नगरले सहयोग गरेको जनाउनुभयो ।
आम जनताको जिवनसँग सरोकार रहेको खानेपानी जस्तो महत्वपूर्ण क्षेत्रको सहज कार्यसम्पादनको लागि नगरले सहयोग गरेको उहाँको भनाई थियो ।
संस्थाका अध्यक्ष धातानन्द बस्यालले दैनिक रुपमा खानेपानी प्राविधिक पुग्नु पर्ने पानी प्रशोधन टंकी र अन्य सँरचना भएको क्षेत्रलाई सुरक्षित राख्न र आवतजावत गर्नको लागि नवनिर्मित बाटोले ठूलो सहयोग पु¥याएको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य गौमाया पराजुली आरसी, सल्लाहकार कमान सिं थापा, सिद्धि विलास हमाल, पारिजात सामुदायिक वनका अध्यक्ष चुडामणी भण्डारी, बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, बर्दघाट बजार विकास समितिका अध्यक्ष तारा प्रसाद गौतम लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजना समिति संयोजक दिपक लम्सालले सिढीँ सहितको निर्माणले विशेष गरी क्लोरिनेशनका लागि दैनिक टंकीसम्म पुग्न सहज हुने जानकारी दिनुभयो ।
बर्दघाट नगरपालिकाको ४ लाख ३४ हजार ७२ रुपैया र बर्दघाट खानेपानीको १ लाख ८ हजार ५ सय १८ रुपैया गरी कुल ५ लाख ४२ हजार ५ सय ९० रुपैया लागतमा सिँढी एवं रेलिङ्गको निर्माण सम्पन्न भएको ब्यवस्थापक बिष्णु कुमार भुसालले जानकारी दिनुभयो ।
कार्यक्रमको संचालन संस्थाका सचिव धनबहादुर गुरुंगले गर्नुभएको थियो ।
सो क्षेत्रमा बाटो निर्माण भएपछि मुहान आसपासको क्षेत्र मनोरम देखिएको छ ।