घाइते अवस्थामा हरिण प्रजातिको बन्यजन्तुको उद्वार

0
  • बर्दघाट : हरिण प्रजाति घाइते बन्यजन्तुलाई पश्चिम नवलपरासीको बर्दघाट -२ स्थित चिसापानी सामुदायिक बन उपभोक्ता समुहको बन्यजन्तु उद्वार केन्द्रमा उद्वार गरेर ल्याइएको छ । पाल्हिनन्दन गाउपालिकाको गेर्मामा घाइते अवस्थामा पाइएको सो बन्यजन्तुको दुबै खुट्टामा चोट लागेको छ । स्थानीय रुपमा हर्ना भनिने सो बन्यजन्तुलाई उपचार गरेर केन्द्रमा राखिएको वन समुहका अध्यक्ष होमबहादुर गुरुङले जानकारी दिनुभयो । बर्दघाट नगरपालिकाको पशुसेवा शाखाका प्राबिधिकहरुले घाइते जनावरको उपचार गरेको जनाइएको छ ।
You might also like