ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमाटियामा अखिल (क्रान्तिकारी) को संगठन विस्तार
दिपा रायमाझी दाङ: मोहन वैद्य ¨किरण¨ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी ) निकट अखिल (क्रान्तिकारी ) ले संगठन निर्माणको अभियानलाई तीव्र गतिका साथ अगाडि बढाएको छ ।
सो क्रममा ऐराबति आदर्श बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको भेलाद्वारा विष्णु भण्डारीको अध्यक्षतामा ४३ सदस्यीय कमिटी चयन भएको छ । जसमा उपाध्यक्ष दिपा न्यौपाने , सचिव उमाराम भण्डारी, सहसचिव केशव खनाल , कोषाध्यक्ष देबका न्यौपाने , सदस्यहरुमा संगिता भण्डारी , अनिता चौधरी , लक्ष्मी रिजाल , मैयाँ चौधरी , सावित्रा शर्मा , शोभा घर्ती मगर , सरिता गिरी, सिर्जना के . सी , बसन्ती अधिकारी , अविता गोराथोकी , सर्जना ज्ञवाली , तिसना थापा गायत्री भण्डारी , सान्जिका मगर ; पुष्पा भूसाल लिला गाहा मगर , रिना गाहा मगर , दिपिका के.सी विमला शर्मा , पुष्पा सापकोटा , शिबा जि.सि अाकाश के. सि , नुमा राना , रेनु गुरुङ , देवी गाहा , चन्दाकला राना , दिनेश गाहा मगर , खुमिसरा चर्तीकला मगर , मेनुका रुवाल मगर , शोभा शर्मा अधिकारी , संगिता पन्थी , पेर्मी पुन , आशा चर्ति मगर नारायणी जि. सी , अनिता शर्मा , सिर्जना के . सी रहनु भएको छ ।
उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) का प्रदेश सदस्य तथा दाङ्ग जिल्ला अध्यक्ष मनोज थापाको उपस्थित रहेको थियोे ।उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) प्रदेश सदस्य थापाले अतिक्रमित नेपाली भुमि फिर्ता, एमसीसी खारेजी, शिक्षा-स्वास्थ्य क्षेत्रका विकृति विसंगती, महंगी, भ्रष्टाचार लगायतका विषयलाई लिएर संगठन निरन्तर संघर्षकाे मैदानमा रहेकाे चर्चा गर्दै आम सचेत युवा विध्यार्थीहरु अब चुप लागेर बस्न नहुने बताउनु भयाे । प्रदेश सदस्य थापाले विद्यालय, क्याम्पसमा हुने भ्रष्टाचार, अनियमितता, ढिला सुस्ती लगाउत तमाम बेथितिका विरुद्द संघर्ष गर्ने बताउनु भयो ।