एमसीसी खारेजीको माग गर्दै क्रान्तिकारी माओवादीको राँके जुलुस

0

नवलपरासी २७ मंसिर : नेकपा (क्रान्तिकारी माओवादी)ले बर्दघाटमा सोमवार राँके जुलुस निकालेको छ । एमसीसीको बिरुद्धमा निकालिएको जुलुस बर्दघाट ४ शान्तिनगरचोकबाट शुरु भएर चिसापानीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सभामा क्रान्तिकारी माओवादीका लुम्बिनी प्रदेश सदस्य क्षेत्र बहादुर थापा क्षेत्रीले एमसीसी राष्ट्रघाती रहेको उल्लेख गर्दै खारेजीको बिकल्प नरहेको बताउनुभयो । कार्यक्रम सो पार्टीका जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर ईञ्चार्ज चुडामणि भण्डारीले संचालन गर्नुभएको थियो । जुलुसमा एमसीसी सम्झौता खारेज गर , राष्ट्रिय स्वाधीनताको रक्षा गर जस्ता नारा लगाइएको थियो ।

You might also like