ईच्छुक सास्कृतिक प्रतिष्ठानको १० औं प्राज्ञसभाद्वारा नीति कार्यक्रम पारित

'राजनैतिक पार्टीहरुमा बैचारिक बिचलन आउनुमा प्रमुख कारण साँस्कृतिक रुपान्तरणको खडेरी'

0

रवि पाण्डेय
काठमाण्डौ २३ मंसिर : ईच्छुक सांस्कृतिक प्रतिष्ठानको दशांै प्राज्ञसभा घट्टेकुलोस्थित प्रतिष्ठानको सभाहलमा शुक्रवार सम्पन्न भएको छ ।
सभा उद्घाटन सत्रमा सम्बोधन गर्दै माक्र्सवादी सौन्र्दय चिन्तक एंव प्रतिष्ठानका संरक्षक चैतन्यले राजनैतिक पार्टीहरुमा बैचारिक बिचलन आउनुमा प्रमुख कारण साँस्कृतिक रुपान्तरणको खडेरी रहेको उल्लेख गर्नुभयो । उहाँले वर्तमान समयमा माक्र्सवादी प्राज्ञहरुले आफ्ना भुमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिदै जनयुद्ध र परिर्वतनका गाथाहरुको अध्ययन अनुसन्धान गर्न सुझाव दिनुभयो । सांस्कृतिक रुपान्तरणकारी नेतृत्व प्राज्ञहरुले गर्नुपर्ने चैतन्यको भनाई थियो ।

सभाको बन्द सत्रमा प्रतिष्ठानका सदस्य सचिव मित्रलाल पंगेनीले नीति तथा कार्यक्रम योजना र आयब्यय प्रस्तुत गर्नुभएको थियो । प्राज्ञ पंगेनीको प्रस्तुति माथि प्राज्ञ सदस्यहरुले आफ्ना धारणा राखेपछि प्रस्तावलाई परिमार्जन सहित पारित गरिएको थियो ।

सभाले आर्थिक बर्ष २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम एंव योजना निर्माण गरेको प्रतिष्ठानका अध्यक्ष हिरामणी दु:खीले जानकारी दिनुभयो । प्रतिष्ठानका अध्यक्ष हिरामणी दु:खीको अध्यक्षता माक्र्सवादी सौन्र्दय चिन्तक एंव प्रतिष्ठानका संरक्षक चैतन्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

 

 

 

 

You might also like