दाउन्नेदेवी महिला बहुउद्धेश्शीयको आयब्यय १४ करोड ५४ लाख
बर्दघाट १५ मंसिर – दाउन्ने देवी महिला बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको २४ औँ बार्षिक साधारण बुधबार बर्दघाटमा सम्पन्न भएको छ । कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले अर्थतन्त्रको पिल्लर रहेको बताउनुभयो । उहाँले तीनखम्बे अर्थ नीतिको एउटा खम्बा सहकारी रहेको चर्चा गर्दै समाजिक र आर्थिक विकासका लागि सहकारीको अहम भुमिका रहेको बताउनुभयो । त्यस्तै उपप्रमुख माया देवी पौडेलले सहकारीले बचत र ऋणलाई मात्र ध्यान नदिई महिलाको आय आर्जन तर्फ पनि ध्यान दिनुपर्ने बताउदै सहकारीमा आबद्ध महिलाहरुका लागि ब्यवसायिक योजना ल्याउनुपर्ने विचार ब्यक्त गर्नुभयो ।
सो अवसरमा संस्थाको प्रगति प्रतिबेदन संस्थाकी अध्यक्ष देवी पौडेल र लेखा प्रतिबेदन लेखा संयोजक रिना गौचन गुरुंगले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा संस्थाको कुल १४ करोड ५४ लाख ५ हजार ६ सय बराबरको आर्थिक आय ब्यय संस्थाकी ब्यवस्थापक हिरादेवी शाहीले प्रस्तुत गर्नुभएको थियो ।
संस्थाले गत आर्थिक बर्षमा ३० लाख खुद नाफा गर्न सफल भएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
बर्दघाट नगरपालिकाका प्रशासकीय अधिकृत मेघनाथ पाध्या , शेयर सदस्यको तर्फबाट विजुला खाडं, नगरका विद्यालयको तर्फबाट सरस्वती माविका प्रअ सोमनाथ अधिकारी, नगरका क्याम्पसका तर्फबाट दिब्यज्योती बहुमुखी क्याम्पसका सञ्चालक समिति सदस्य पुण्य पौडेल, विभिन्न संघ सस्थाहरुको तर्फबाट जेष्ठ नागरिक मञ्च नवलपरासीका जिल्ला अध्यक्ष एवं पत्रकार रामजी लौडारी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा सस्थाद्धारा सञ्चालित समाजिक सेवा कोषमा रकम जम्मा गर्नुहुने दाता, उत्कृष्ट सेयर सदस्य, उत्कृष्ट ब्यवसायी, बाल बचतकर्ता लगायत सस्थाका जेष्ठ नागरिकलाई पनि प्रमाणपत्र सहित सम्मान गरिएको थियो । साथै सस्थाले बर्दघाट नगरपालिकाका ११ वटा माध्यमिक विद्यालयलाई अक्षयकोष स्थापनाका लागी प्रति विद्यालय १ लाखको दरले रकम हस्तान्तरण गरेको थियो ।
त्यस्तै कार्यक्रममा संस्थाले दिब्यज्योती बहुमुखी क्याम्पस र दाउन्नेदेवी बहुमुखी क्याम्पसमा एक एक लाखको दरले २ लाख रकमको चेक हस्तान्तरण गरेको थियो ।
२०५६ सालमा स्थापना भएको यस सस्थामा १९ सय ६३ जना महिला सदस्यहरु रहेका छन् । संस्थाकी उपाध्यक्ष लक्ष्मी शर्माको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी बर्तौलाले गर्नुभएको थियो ।संस्थाकी अध्यक्ष देवी पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।