नेकपा मसालको समानान्तर कमिटी गठन

दक्षिणपन्थी बाटो अख्तियार गरेकोले क्रान्तिकारी विचार बचाउन संघर्षमा जान बाध्य:नेपाली

0

बुटवल १४ मंसिर : नेपाल कम्युनिष्ट पार्टी मसाल भित्रको अल्पमत पक्षले पार्टीको राष्ट्रिय जनमोर्चाका पूर्वमहासचिव सन्तबहादुर नेपाली संयोजकत्वमा ५७ सदस्सीय केन्द्रिय समन्वय समिति गठन गरेको छ । मसालका पूर्व संगठन विभाग प्रमुख कृष्णराज पौडेल प्रवक्ता रहेको केन्द्रिय समन्वय समितिले मंगलवार बुटवलमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । मोहन बिक्रम सिंहको नेतृत्वमा नेकपा मसालले दक्षिणपन्थी बाटो अख्तियार गरेकोले आफूहरु क्रान्तिकारी विचार बचाउन संघर्षमा जान बाध्य भएको समन्वय समितिका संयोजक नेपालीले दावी गर्नुभयो ।

You might also like