अभिमुखीकरण एवं स्वागत कार्यक्रम सम्पन्न
प्रेम कंडेल चितवन : वीरेन्द्र बहुमुखी क्याम्पसमा अंग्रेजी विभागको आयोजनामा अंग्रेजी स्नातकोत्तर अध्ययनरत प्रथम सेमेष्टरका विद्यार्थीहरुलाई अभिमुखीकरण एवम् स्वागत कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। अंग्रेजी विभागका मुक्ति प्रसाद कडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा विभागीय प्रमुख प्रा.डा. कृष्ण प्रसाद पौडेलको अध्यक्षता तथा स्वागत मन्तव्य सह- प्राध्यापक कमलकृष्ण खनालले राख्नुभएको थियोे । प्रमुख अतिथि पूर्व क्याम्पस प्रमुख एवम् साहित्यकार एल.बी. क्षेत्री, विशिष्ट अतिथि क्याम्पस प्रमुख प्राध्यापक दयाराम पौडेल ,अतिथिहरु सहायक क्याम्पस प्रमुख भानुभक्त कडेल, अंग्रेजी विभागका कार्यक्रम संयोजक पूर्व सहायक क्याम्पस प्रमुख सह- प्राध्यापक धर्म बहादुर थापा हुनुहुन्थ्यो। कार्यक्रममा उपप्राध्यापक डा. अंगद गुप्ता , ज्ञानचन्द्र श्रीवास्तव , राम रानाभाट, कृष्णकान्त पौडेल ,समाजशास्त्र अध्यनयन अनुसन्धान समाज वीरेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष प्रेम कडेल लगायतको सहभागिता थियोे। कार्यकममा अंग्रेजी चौथो सेमेष्टरका विद्यार्थी राजन ढुंगाना, तेस्रो सेमेष्टरका विद्यार्थी अन्जली भुसाल , प्रथम सेमेष्टरका विद्यार्थी ग्रेस देवकोटाले आफ्नो अनुभूति मन्तव्य राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीले अंग्रेजी पढ्नेहरू परिक्षामुखी भन्दा ज्ञानमुखी हुनुपर्ने धारणासहित नाट्य विधाका बारेमा अभिमुखीकरण गर्नुभएको थियोे । सह- प्राध्यापक धर्म बहादुर थापाले पाठ्यक्रम र समग्र विषयवस्तुको बारेमा व्याख्या गर्नुभयो। विशिष्ट अतिथि क्याम्पस प्रमुख प्राध्यापक दयाराम पौडेलले अंग्रेजी विभागका हरेक कार्यक्रममा साथमा साथ दिने बताउदै निरन्तर अनुसन्धानात्मक अध्ययनका लागि लाग्न विद्यार्थीहरुलाई हौसला प्रदान गर्नुभएको थियोे। कार्यक्रममाथि प्रकाश पार्दै विभागका प्रमुख प्राध्यापक डा. कृष्ण प्रसाद पौडेलले विद्यार्थीहरुलाई सबै विषयगत ज्ञानको लागि वातावरण तयार गर्न विभाग सक्षम रहेको बताउदै विद्यार्थीहरुको उज्ज्वल भविष्य निर्माणमा विद्यार्थी स्वयं अथक सक्रियताका साथ लाग्ने शुभेच्छा व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो।