प्रदेश सरकारद्वारा बर्दघाट १६ मा ६० लाख बिनियोजन

0

नवलपरासी ,२ कार्तिक
लुम्बिनी प्रदेश सरकारले ल्याएको नया बजेट मार्फत बिकास निर्माण तर्फ थुप्रै शिर्षकमा बजेट बाडफाड गरेको छ।यसै गरी पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १६ मा प्रदेश सरकार बाट रु ६० लाख बजेट बिनियोजन भएको छ।

बर्दघाट १६ मा रहेको सुर्यनगर रङ्गशालाको स्थायी प्याराफिट निर्माणका लागि रु ४० लाख ,शिद्दनगरमा दलित भवन निर्माणकालागि
रु १० लाख र अधुरो मदरशा भवन निर्माणका लागि रु १० लाख गरी कुल ६० लाख बजेट बिनियोजन भएको हो।

यस क्षेत्रका नेपाली काङ्ग्रेसका नेता एवम् सम्बिधान सभा सदस्य बिक्रम खनाल र वडा नम्बर १६ का अध्यक्ष सुकबहादुर गुरुङ्ले केही समय अगाडि लुम्बिनी प्रदेसका सहरी बिकास मन्त्री डिल्ली बहादुर चौधरीलाई सो क्षेत्रको अवलोकन गराई बजेट छुट्याउनका लागि पहल गरेका थिए।स्थल गत अवलोकन पछि बजेट छुट्याउने प्रतिबद्धता गरेका मन्त्री चौधरीले सो क्षेत्रको मागलाई सम्बोधन गर्दै उक्त बजेट बिनियोजनका लागि पुर्ण पहल गरेका थिए।

आफू पद र सत्तामा रहनु मात्र ठूलो कुरा नभै नेतृत्व सदैव जनताका हितमा समर्पित रहनु पर्ने हुदा यस क्षेत्रको बिकास निर्माणका कुराहरुमा आफू सदैव लागि पर्ने र सक्दो पहल गर्ने संविधानसभा सदस्य बिक्रम खनालले बताए।

बर्दघाट नगरपालिका वडा नम्बर १६ का अध्यक्ष सुकबहादुर गुरुङ्ले ने क पा माओवादी (केन्द्र ) का प्रदेश कमिटी सदस्य तथा ब सु प नवलपरासी संघीय क्षेत्र नम्बर १ का इन्चार्ज रामानन्द यादव को पहलमा मदरशा र दलित भवनका लागि बजेट छुट्टिएको जानकारी दिए।

वडा मा निश्चित र सिमित रकम मात्र हुनाले सबै बिकास निर्माणलाई एकै पटक समेट्न नसकिने हुदा स्थानिय जनताका मागलाई सम्बोधन प्रदेश सरकारमार्फत बिनियोजित रकमले यश क्षेत्रको बिकास निर्माणमा ठूलो टेवा पुग्ने वडा अध्यक्ष गुरुङले बताए।

बर्दघाट नगरपालिका वडा नम्बर १६ मा रहेको नव युवा क्लबले प्रत्येक बर्ष पश्चिम् नवलपरासीकै सर्वाधिक पुरस्कार राशी भएको सुर्यनगर गोल्डकप सन्चालन गर्दै आईरहेको छ।तर खेल अवलोकनका लागि स्थायी प्याराफिट नहुदा प्रत्येक बर्ष अस्थायी प्याराफिट निर्माण गर्दा खर्चिलो हुने गरेको नव युवा क्लबका अध्यक्ष भिमकाजी गुरुङ्ले बताए।नया खेलाडी उत्पादन र समग्र खेल क्षेत्रको वृद्धि बिकासका लागि बिनियोजित बजेटले सम्रचना निर्माण मात्र नभै सबै खेलाडी र खेलप्रेमीहरुका लागि उर्जा मिल्ने गुरुङले बताए।बर्दघाट नगरपालिकाले समेत खेल क्षेत्रको प्रवर्द्धनका लागि सहयोग गरिरहेको अध्यक्ष गुरुङ्ले जानकारी दिए।

You might also like