ब्यवसायिक घाँस उत्पादनमा जोड दिदै बर्दघाट नगरपालिका

0

बर्दघाट : बर्दघाट नगरपालिकाले ब्यवसायिक पशुपालक किसानहरुलाई ध्यान दिदै हरियो घाँसमा आधारित पशुपालनमा जोड दिएको छ ।उक्त लक्ष्य अनुरुप पशुपन्छी विकास शाखा आ.व.२०७८/०७९ को स्विकृत बार्षिक कार्यक्रम अनुसार नगरमा स्थापना/संचालनमा रहेका पशुपालन फार्म/कृषक उद्ययमीहरुलाई हिउदे जै र बर्षिम घाँसको विउ वितरण गरेको छ । १ जना कृषक उद्यमी लाई १० केजी जै घाँसको बिउ निशुल्क अनुदानमा र अधिक्तम २० केजी सम्म बर्षिम घाँसको विउ लागत सहभागितामा वितरण गरिएको हो ।

चालु आ.व.मा जै घाँसको विउ ४५ कुन्टल र बर्षिम घाँसको बिउ २५ कुन्टल वितरण गरिनेलक्ष्य रहेको नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो ।

पशुपन्छी बिकास शाखा प्रमुख भरत लम्सालका अनुसार जै घाँस गत आ.व.मा नगरका कृषकहरुलाई विउ उत्पादन गर्न अभिप्रेरित गरि कन्ट्राक्ट फार्मिङ मार्फत उत्पादन गरिएको थियो

नगरभित्र उत्पादन गरिएको विउको गुणस्तर राम्रो रहेको उहाँको भनाइ छ ।

नगरका पशुपालक कृषकहरुलाई हरियो घाँसमा आधारित पशुपालन पद्धति अपनाउन प्रेरित गर्ने र दुध तथा मासुजन्य उत्पादन लागतमा कमी ल्याउने र आम्दानीमा बृद्धि गर्ने उदेश्य अनुसार कार्यक्रम संचालन गरिएको लम्सालको दाबी छ ।
दानामा आधारित पशुपालन पद्धति खर्चिलो तथा उत्पादन लागत बढी लाग्ने गर्दछ ।
हरियो घाँसमा आधारित पशुपालन फार्म राम्रो संग स्थापित हुने दिगोपना आउने उहाँले बताउनुभयो ।
दिगो पशुपालनन व्यवसायको लागि १ दुहुनो पशु बरावर २ कठ्ठा क्षेत्रफलमा घाँस खेती र १ बाख्रा बरावर ५ वटा डाँले घाँस लगाउनु पर्ने जानकारहरु बताउँछन् ।
You might also like