सरावलमा १७ अाैँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवस सम्पन्न
उमेश बि.क / नवलपरासी ,२० मंसिर पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा १७ अाैँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवस सम्पन्न गरिएको छ। “काेभिड १९ काे राेकथाम र समृद्धिका लागि संयुक्त कार्य महिला सामुदायिक स्वयंसेवीकाकाे भुमिका अपहार्य ” मुल नाराकाे साथ सरावल गाउँपालिकाकाे अायाेजनामा गाउँपालिका उपाध्यक्ष उत्तमा रायको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा १७ अाैँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवस सम्पन्न भएको हाे। गाउँपालिका अध्यक्ष चाैधरीले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका अपरिहार्य रहेको भन्दै प्रशंसा ब्यक्त गर्नुभएको थियाे। प्रभावकारी स्वास्थ्य सेवाले मानव जीवन गुणस्तरीय बनाउन्छ त्यसले आर्थिक र सामाजिक विकासलाई टेवा पुर्याइ देशलाई समृद्धि तर्फ लैजान्छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्यप्रवर्दनमा र स्वास्थ्य सेवाको उपभोग वृद्घि गर्न आ आफ्नो क्षेत्रमा क्रियाशिल छन् । उँहाहरुको भूमिकाबाट स्वास्थ्य क्षेत्रले समग्र नेपाललाई समृद्धि तर्फ अघि वढाउने कार्यमा योगदान पुगेको छ । कोभिड १९को विश्वव्यापी महामारीले निम्त्याएको वर्तमान परिस्थितिमा समेत कोरोना रोकथाम तथा सचेतना प्रवर्दनमा भूमिका निर्वाह गरेका छन् । कोभिड १९ रोकथामका लागि भौतिक दुरी कायम गरी घर बाहिर जाँदा सही तरिकाले मास्कको अनिवार्य प्रयोग गर्ने र साबुन पानीले वा स्यानिटाईजरले मिचि मिचि २० सेकेन्ड हात धुने नियमको पालना गर्न र गराउने कार्यमा उहाँहरु अहोरात्र खट्नु भएको छ । वहाँहरुकाे अहाेरात्र खटाइले गर्दा सरावल गाउँपालिकामा काेराेना कम देखियाेकाे हाे। तसर्थ स्वयंसेवीकाहरु सम्मानित पदमा रहेको प्रशंसा गर्दै गाउँपालिकाबाट चाहिने सहयोग र साथकाे लागि अाफु हातेमालो गरि अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको । सरावल गाउँपालिका अन्तर्गत ५५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू कार्यरत छन् । उहाँहरुले समुदायस्तरमा सुरक्षित मातृत्व, भिटामीन ए, नवजात शिशु, आमाको रक्तश्राव रोक्न मातृ सुरक्षा चक्की, परिवार नियोजनका अस्थायी साधनहरु, गर्भवति महिला र सुत्केरी पश्चात आइरन चक्कि, झाडपखाला लागेका बच्चाहरुलाई जीवनजल तथा जिंक चक्की, तथा जुकाको औषधीको बितरण लगायत जनचेतना जगाउने कामहरु गदै आएका छन् । साे ५५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई छाता दिई सम्मान गरिएको हाे। कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकास पाैडेलले, स्वास्थ्यशाखा प्रमुख अाेम नरायण देवकोटा ,रामपुर खडाैना स्वास्थ्यचाैकी इन्चार्ज रामसरण धाेबि ,मनरी स्वास्थ्यचाैकी इन्चार्ज निलकण्ठ भण्डारी ,स्वयंसेवीका प्रेम कुमारी चाैधरी ,स्वयंसेवीका सीता शर्मा ,स्वयंसेवीका काेपिला क्षेत्री ,मनरी अायुर्बेदिक अाैषधालय प्रमुख सन्ताेष कुमार कहार,राष्ट्रिय दैनिक अनलाइन पत्रिकाका कार्यकारी निर्देशक उमेश बि.क ,बेस नेपाल राधा पन्जिअार ,वडा नं. ४ सचिव अशोक पाण्डेय लगाएतले स्वास्थ्यकर्मीहरुकाे कामकाे प्रशंसा गर्दै सम्मान ब्यक्त गर्नुभएको थियाे।