राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बर्दियाको ११अौँ बार्षिक साधारण सभा सम्पन्न 

0

आयुष न्यौपाने

बर्दिया । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बर्दियाको ११अौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । त्यस कार्यक्रमको आयोजना राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल,बर्दिया जिल्ला समितिले गरेको थियो ।

शनिबार बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा न २ रानिपुर स्थित खो-खो कर्वड हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको अध्यक्षता खगेन्द्र नेपालले गर्नुभएको थियो, भने कार्यक्रमको संचालन हरिप्रकाश भण्डारीले गर्नुभएको थियो ।

 

साथै विशेष अतिथिको रुपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय सदस्य एवं कलाकार /मोडेल अन्जली अधिकारी उपस्थित रहनु भएको थियो

कार्यक्रममा बोल्दै अध्यक्ष खगेन्द्र नेपालले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको लक्ष्य नेपाली लोक संस्कृती र मौलीकताको जगेर्ना गर्नु भएको बताउनु भयो । यसै लक्ष्यको पदयात्रा गर्ने क्रममा प्रतिष्ठानले बिभिन्न संघ संस्थाहरु सँग हातेमालो गर्दै नेपालको कला,संस्कृती र नेपाली मौलिकतालाई जिवन्त राख्न महत्वपुर्ण भुमिका खेलेको उल्लेख गर्नुभयो । साथै प्रतिष्ठानले स्थानीय स्तरमा लुकेर रहेको कलालाई समेत प्रोत्साहन दिने उहाँले बताउनु भयो ।

You might also like