नगर प्रमुख बस्यालको अभिब्यक्तिलाई लिएर नेविसंघको विरोध !
बर्दघाट /२० असोज : बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले नेविसंघ विरुद्ध दिएको अभिब्यक्तिलाई लिएर नेबिसंघले आपत्ति जनाएको छ । दिब्यज्योति बहुमुखी क्याम्पसमा अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख बस्याले नेविसंघका विद्यार्थीहरु लर्खरिदै हिँड्ने, ट्याव खाएर हिँड्ने र गोली ठोक्ने गर्छन भन्ने अभिब्यक्ति दिएको भन्दै नेपाली काग्रेस र संघले आपति जनाएका छन ।
नगर प्रमुख शर्माले नेविसंघ विरुद्ध खराव अभिब्यक्ति दिएको प्रति आपत्ति जनाउँदै नेपाल विद्यार्थी संघ ईकाई समिति दिब्यज्योती बहुमुखी क्याम्पसले जारी गरेको विज्ञप्तीमा नगर प्रमुख शर्माले प्रयोग गरेको घृणित, अनैतिक र गैर जिम्मेवार अभिब्यक्ति प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । संघले आम जनता र विद्यार्थीको विचमा नगर प्रमुखले आफ्नो अभिब्यक्ति फिर्ता लिदै माफि माग्नुपर्ने माग समेत गरेको छ । त्यसो नगरिए नेपाल विद्यार्थी संघमा आवद्ध देशभरका विद्यार्थीहरु आन्दोलनमा उत्रिने र त्यबाट उत्पन्न हुने परिस्थितिको नगरपालिका जिम्मेवार हुनुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । नेविसंघका विद्यार्थीहरुले बर्दघाट नगरपालिका अगाडि विरोध प्रदर्शन गर्दै नगर प्रमुख विरुद्ध चर्को नारावाजी समेत समेत गरेका थिए । विद्यार्थीहरुले नगरपालिकाका कर्मचारीलाई पनि कार्यालय परिसर बाट बाहिर निस्कन रोकेका थिए ।
नगर प्रमुख शर्माको अभिब्यक्तिलाई लिएर नेपाली कांग्रेस बर्दघाट नगर समितिले पनि विज्ञपति मार्फत आपत्ति जनाएको छ । नगर सभपति दामोदर जिसीले एक विज्ञप्ती जारी गर्दै नगर प्रमुखको अभिब्यक्ति प्रति खेद प्रकट गर्नुभएको हो । यस घटना बारे अबेर साझ नेपाली काग्रेस नगर सभापति जिसि र नगर प्रमुख बिच नगरपालिकामा छलफल समेत भएको बताइएको छ ।