नवलपरासीमा एसपी यादवको कडा एक्सनले तस्करको रुवाबासी
असोज १८ नवलपरासी
पश्चिम नवलपरासीमा प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट भन्सार छली चोरी पैठारीमा गरी ल्याएको ८ लाख ५९ हजार ६ सय ३० मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । आइतबार राति अवैध रुपमा ल्याई गाडीको डिक्कीमा लुकाई छिपाई राखेको अवस्था बिभिन्न किसिमको तामाको भाडा २ बोरा, कुखुराको लागी प्रयोग हुने टिमुलीन हाइड्रोजन फुमाराटे ८० % नामक औषधी ३५ डब्बा र फेनएलबुटाजोन २०० यम जी नामक औषधी ९५ प्याकेट लगायतका सामानहरु अन्दाजी ६ लाख ७७ हजार मुल्य बराबरको ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा न.४ टि.सि.एन चोकमा चेकजाँचको क्रममा गाडीको डिक्कीमा वेवारिसे अवस्थामा फेला परेको हो ।
त्यसैगरी दिउँसो भारतबाट अवैध रुपमा भन्सार छली ल्याउदै गरेको साधारण बल्ब ६ सय पिस, स्टिलको गिलास ९ सय पिस , अन.अफ.स्विच ८० पिस ,एम.सी. २४ पिस, र होल्डर ३० पिस ईलेक्ट्रोनिक सामानहरु अन्दाजी १ लाख ४३ हजार ९ सय मुल्य बराबरको सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका वडा न.३ कुस्मा स्थितबाट बरामद गरेको हो । उक्त सामान मोटर साईकलमा ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेका थिए ।
त्यसैगरी भारतबाट नेपालतर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको सुट १७ थान, तन्ना ६ थान, दोपट्टा ३४ पिस साडी १ थान, चिनी १ क्विन्टल, नरिवल २ के.जी, बिष्कुट३ पोका, चिजबल ७२ पिस, लेस २८ पिस, मिठाई २ पोका र कफी मिठाई८ कार्टुन अन्दाजी ३८ हजार ७ सय ३० मुल्य बराबरको जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा न.४ स्थितबाट बरामद गरेको हो । उक्त सामान मोटर साईकलमा ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेका थिए ।
जिल्लामा एसपी मनोज कुमार यादव आएपछि तस्करहरुको रुवाबासी चलेको छ । यादव जिल्लामा आएको तिन महिना नपुग्दै करिब १ करोड ७५ लाख बराबरको सर समान नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीको लागि भन्सार बुझाउने गरेका छन । यादवको कडा निर्देशनमा प्रहरी सक्रिय भएको बुझिएको छ ।
बरामद गरिएको मालसामान आवश्यक कार्यवाहीका लागी महेशपुर भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।