बर्दघाट खानेपानी सुरक्षा समिति अन्तरगतको अनुगमन टोलिद्वारा प्रतिबेदन प्रस्तुत
बर्दघाट /१६ असोज :
बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्था अन्तरगत खानेपानी सुरक्षा योजना समितिको बैठक शनिबार सम्पन्न भएको छ । बैठकले समितिले गरेका विभिन्न कार्यक्रमहरुको समिक्षा गर्नुका साथै अनुगमन समितिको तर्फबाट नवराज ढुंगानाले प्रस्तुत गर्नुभएको प्रतिबेदन उपर छलफल गरिएको सस्थाका उपाध्यक्ष एवं सुरक्षा योजना समिति संयोजक दिपक लम्सालले जानकारी दिनुभयो । समितिले यस अघि विभिन्न टोलहरुमा खानेपानी तथा सरसफाइ सचेतता एवं सरसफाइ सामाग्री वितरण गर्दै आएको थियो । बितरित सामाग्री प्रयोग भए नभएको बारे अनुगमन समितिले अनुगमन एवं मुल्यांकन गरेको र आगामी दिनहरुमा पनि यस कार्यलाई निरंतरता दिइने सस्थाका अध्यक्ष धातानन्द बस्यालले जानकारी दिनुभयो । यो कार्यक्रमलाई अभियान रुपमा संचालन गर्दै आएको समितिले मंसिर ३ गते उपहार नगर र १० हरियाली नगरमा सचेतना कार्यक्रम गर्ने निर्णय गरेको ब्यवस्थापक बिष्णु प्रसाद भुसालले बताउनुभयो । बैठकमा समिति सदस्य कृष्णहरि पौडेल ;बाबुराम घिमिरे; काशीराम न्यौपाने लगायत समिति सदस्य हरुले सुझाव समेत राख्नु भएको थियो । कार्यक्रम सस्थाका उपाध्यक्ष एवं समिति संम्योजक दिपक लम्सालको अध्यक्षता सचिब धनबहादुर गुरुङको संचालन अध्यक्ष धातानन्द बस्यालको विशेष आतिथ्यमा भएको थियो ।