छापामार शैलीमा मसाल-जूलूस सम्पन्न!
भक्तपुर: नेकपा(क्रान्तिकारी माओवादी) भक्तपुर जिल्ला समितिले जन-राष्ट्रघाति MCC सम्झौता खारेजीको माग राख्दै मसाल-जुलुस सम्पन्न गरेको छ । भक्तपुरको तौमणी चोक(पाँचतले) बाट शुरु भएको मसाल प्रदर्शन दतात्रय हुँदै च्यामसिंह चोकमा पुगेर विरोध-सभामा रुपान्तरण भएको थियो । विरोध-सभालाई भक्तपुर जिल्ला सेक्रेटरी श्रीकृष्णले सम्बोधन गर्नुभएको थियो ।
त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेश अन्तरगतका काठमाडौं, ललितपुर र भक्तपुरमा मसाल-जुलुस प्रदर्शन गरिएको छ ।
जन-राष्ट्रघाति MCC सम्झौता-खारेजीका निम्ति नेकपा (क्रान्तिकारी माओवादी) देशव्यापी विरोध-संघर्षमा उत्रिएको छ ।