बस ब्यवसायी र अटो एवं इ -रिक्सा ब्यवसायी अन्तरसंवाद !

0

नवलपरासी २४ भाद्र : बर्दघाट नगरपालिकाको आयोजनामा बस ब्यवसायी तथा अटो रिक्सा संचालकहरु बिच अन्तरक्रिया भएको छ । बिहिवार नगर प्रमुख धीरज शर्मा बस्यालको अध्यक्षतामा संयुक्त छलफल भएको हो । कार्यक्रममा नगर प्रमुख बस्यालले राज्यका नियामक निकायको कानुनलाई सबैले मान्नु पर्ने बताउनुभयो । सो क्रममा दुबै पक्षका ब्यवसायी आफुहरुलाइ परेको समस्या बारे राखेका थिए । अटो तथा इरिक्साको रुट तथा दर्ता विषयमा समेत छलफलमा प्रसङ्ग उठेको र सबैले नियामक निकायमा दर्ता हुनुपर्नेमा जोड दिइएको नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यले जानकारी दिनुभयो ।

You might also like