‘एम.सी.सी.सम्झौताको विरुद्ध उत्रन क्रान्तिकारी माओवादीको आव्हान’

पश्चिम नवलपरासीको बर्दघाट सहित देशैभर जनप्रदर्शन

0

‘एम.सी.सी.सम्झौताको विरुद्ध उत्रन क्रान्तिकारी माओवादीको आव्हान’                                                                                       नवलपरासी २० भाद्र : नेकपा (क्रान्तिकारी माओवादी ) पश्चिम नवलपरासीले अमेरिकी मिलेनियम च्यालेन्ज परियोजना ( एमसिसि) को विरुद्ध आन्दोलनमा उत्रन आव्हान गरेको छ । सो पार्टीको आइतबार गोपिगन्जमा सम्पन्न जिल्ला सचिवालयको बैठकले एमसिसिको विरुद्ध उत्रन जनतालाई आव्हान गर्दै भाद्र २२ गते बर्दघाटमा प्रदर्शन गर्ने निर्णय गरेको जिल्ला सेक्रेटरी चोलाले जानकारी दिनुभयो ।” एम.सी.सी परियोजना रास्ट्रघाती रहेकोले त्यसका विरुद्ध सबै देशभक्तले एकीकृत रुपमा मोर्चाबन्दी गर्नु आवश्यक छ” चोलाले भन्नुभयो ” रास्ट्र भन्दा माथि केही हुदैन । रास्ट्रघातका विरुद्ध सबै लागौ” । फाइल तस्बिर                                                                                      एम.सी. सी. उपाध्यक्ष सहितको टोलि आएर सम्झौतालाई सन्सदबाट पारित गर्न लागेको भन्दै क्रान्तिकारी माओवादी देशैभर प्रदर्शनमा उत्रिने तयारीमा छ । पार्टीको जिल्ला सचिवालय बैठकले प्रदर्शनमा सहभागी हुनका लागि सबै पक्ष तथा सर्बसाधारणमा अनुरोध समेत गरेको नेता सन्कल्पले जानकारी दिनुभयो । बैठकले संसदीय दलहरुबाट एम. सि.सि. पास गराएर साम्राज्यवादले नेपालमा हस्तक्षेप बढाउन थालेको र भारतीय ज्यादती समेत वृद्धि भएकोले स्वाधीनताको आन्दोलन उठाउनु पर्नेमा जोड दिएको छ । क्रान्तिकारी देशभक्तहरुको ध्रुवीकरण आवश्यक रहेको भन्दै तीन सदस्यीय ध्रुवीकरण तथा राजनैतिक भेटघाट समिति समेत गठन गरेको जनाएको छ । त्यस्तै राजनिती; सम्पर्क ; संगठन र सङघर्स अभियानलाई २५ गते उदघाटन गर्दै जिल्लाभर सगठन बिस्तारको योजना घनीभुत बनाउने माओवादीले जनाएको छ । कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी चोला ; क्रान्तिकारी माओवादी प्रदेश सदस्यद्वय सन्कल्प र समर जिल्ला सचिवालय सदस्यहरु क्रान्ति ; बिबेक ; न्युक्लियस; रामप्रसाद लगायतले पार्टी योजनाबारे धारणा राख्नुभएको थियो ।

You might also like