बिकृति बिसङ्गति बिरुद्ध युवा सचेतना अभियान संचालन गर्दै क्रान्तिकारी युवा !
बर्दघाट १९ भाद्र :
क्रान्तिकारी युवा लिग पश्चिम नवलपरासीले बिकृति बिसङ्गतिका विरुद्ध युवाहरुलाई सचेत गराउन डेढ महिने युवा अभियान संचालन गर्ने भएको छ । शनिवार बर्दघाटमा सम्पन्न युवा लिगको जिल्ला बैठकले भ्रष्टाचार कमिशनखोरी बलात्कार जस्ता बिकृति विरुद्ध सचेतना अभियान संचालन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष पूर्ण प्रसाद पोखरेलले बताउनुभयो । उहाँका अनुसार यो अभियान अन्तरगत जिल्लाका सबै स्थानीय तहमा सङ्गठनको सन्जाल बिस्तार गरिनेछ । त्यस्तै बैठकले जिल्ला भेला देखि यताको सात महिने अवधिको समिक्षा समेत गरेको छ । क्रान्तिकारी माओवादीको राजनिती; सम्पर्क ; संगठन र सङघर्स अभियान सङ्ग तालमेल गर्दै युवाहरुलाई उत्पादनमा समेत जोड्ने योजना रहेको सचिव पुस्पराज नेपालीले जानकारी दिनुभयो । बैठकले युवा लिगको जिल्ला सदस्यमा नर बहादुर रानालाइ थप गरेको उपाध्यक्ष राजेन्द्र न्यौपानेले बताउनुभयो । कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी चोला ; क्रान्तिकारी माओवादी प्रदेश सदस्य तथा युवा लिगका फ्र्याक्सन ईन्चार्ज समर ; पार्टीका जिल्ला सचिवालय सद्स्य न्युक्लियसलगायतको आतिथ्यता रहेको थियो ।
फाइल तस्वीर :