लुम्बिनीका १३ वटा मन्त्रालयमा हेरफेर तथा कार्य विभाजन
बुटवल । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयका नाम हेरफेर र कार्यविभाजन गरेको छ । पछिल्लो पटक प्रदेश प्रमुख अमिक शेरचनले गरेको हेरफेर तथा कार्यविभाजन अनुसार प्रदेशमा १३ वटा मन्त्राय हुनेछन् ।
तीमध्ये पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालयमा डिल्लीबहादुर चौधरी, आर्थिक मामिला तथा सहकारी मन्त्रालयमा कृष्णध्वज खड्का, भौतिक पूर्वाधार विकास मन्त्रालयमा सहस्रराम यादव र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अजय शाहीले सम्हाल्ने छन् ।
त्यस्तै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, कानून, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय मुख्यमन्त्री कुलप्रसााद केसी आफैले राखेका छन् । मन्त्री सुमन शर्मा रायमाझी र पुर्मती ढेंगालाई अझै विनाविभागीय राखिएको छ। ,,Lumbini Times