सरावल गाउँपालिकाद्वारा बौद्धकालिन प्राचिन कोलियराज्यका नगरको पहिचान गराउन होर्डिगँबोर्ड
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले प्राचिन बौद्धकालिन नगरहरुको पहिचान गर्दै ति स्थानमा होर्डिगँ बोर्ड राखेको छ । पुर्णिमाको अवसर पारी गाउँपालिका भित्रको तिन वटा बुद्धकालिन नगर जहाँ बुद्ध स्वम् उपस्थित भई धर्मदेशना गरेको जनाउदै ति स्थान संरक्षण तथा प्रचार प्रसार गर्ने उदेश्यले होर्डिगँबोर्ड राखिएको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको हो ।
सरावल गाउपालिका १ सालबास भगडा स्थित हसरी माई स्थानले चिनिने स्थान प्राचिन कुण्डिय नगर भएको दाबी गर्दै होर्डिँगबोर्डको राखिएको पालिका अध्यक्ष चौधरीले जनाए । बौद्ध दर्शनमा पुर्णिमाको ठूलो महत्व हुने हुदा पुर्णिमाको अवसर पारेर एक कार्यक्रम गरि बोर्ड राखेका छौ,उनले भने, यसको दिर्घकालिन विकास तथा पुर्वाधारका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाई बौद्ध तिर्थ स्थलको रुपमा विकास गर्ने लक्ष्य रहेको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने र स्थायिन स्तरमा बौद्ध ज्ञानको प्रचार प्रसार हुने हुदा संसार भरिका बौद्ध धर्मावलम्बीका लागि महत्वपुर्ण स्थान हुने उनको भनाई थियो ।
बौद्ध सहित्यमा उल्लेख भए अनुसार कोलिय गणराज्य भित्रका प्रमुख नगर मध्ये कुण्डिय नगर एक प्रमुख नगर रहेको थियो । जहाँ भगवान बुद्धका अग्रसेवक आनन्द आफ्नो भिच्छुसंघ सहित बास सकेको त्रिपिटकको अगुत्तर निकायमा उल्लेख भएको पाईन्छ । भिच्छुसंघमा चिकित्सकको रुपमा रहेका जिवक समेत आएकोले सो क्षेत्रलाई जिवक बन भनेर चिनिने गरेको थियो । अहिले स्थानिय स्तरमा हसनी माई स्थानको रुपमा स्थानिय स्तरमा पतजिव भनेर चिनिने पुत्रन्जिवी जडिबुटी रहेको बगैचा समेत रहोको छ । एक सय भन्दा बढि साना ठूला पुत्रन्जिवी रुख र बोटहरु रहेका छन् । आयुर्वेद चिकित्सामा पुत्रलाभ नहुने दम्पतीले यसको सेवन गर्दा पुत्रलाभ प्राप्त हुन्छ । यसरको अहिले आधुनिक कालमा परिक्षण समेत भई रहेको उनको भनाई थियो ।
सम्भवतः जिवक भन्तेले नै यसको पहिचान गरि स्थानियलाई जानकारी गराएका कारण यो बनस्पती भएको बगैचालाई जिवक बन्दै आएको आधार हुन सक्छ । यो बुद्धकाािलन नै बनस्पती जडिबुटीको रुपमा रहेको छ । अहिले पनि स्थानियले एलर्जी भएको बखत पुत्रन्जिवी (पतजिव) को फलको माला लगाउने गर्छन् । होर्डिगँबोर्ड गाडिए पछि यस क्षेत्रमा अगामी थारु मधेशीले मनाउने जिउतिया पर्वको दिन वृहद कार्यक्रम गरिने समेत जानकारी गराएका थिए । त्यसै गरि सरावल २ जावा गाउलाई प्राचिन ककरपत्त नगर घोषणा समेत भई सकेको स्थानमा पनि होर्डिगँबोर्ड राखिएको थियो । अगुतँर निकायमा उल्लेख गरिए अनुसार भगवान बुद्ध प्राचिन ककरपत्त नगरमा आएका थिए,त्यसबेला ककरपत्त नगरको नगर(निगम) प्रमुख दिर्घजानुले हामी भिच्छु हुन सक्दैनौ बुद्ध हामीलाई पनि मुतिmको बाटो देखाउनु भनेर अनुरोध गरे पछि भगवान बुद्धले गृहशुख सन्देश (जुन गृहस्तका लागि दिएको सन्देश हो) को धर्मदेशना गरेका थिए ।
गृहशुख सन्देशमा इहलौकिक र पारलौकिक गरि आडवटा उपाय बताएका थिए । इहलौकिक अर्थात यसै लोकमा शुखीपुर्वक जिवन जिउनका लागि उट्ठान सम्पदा(आर्जन गर्नु)आरक्ष सम्पदा(सरक्षण गर्नु)कल्याणमित्रता(असर मित्र बनाउनु) र समआजिविका(सहि तरिकाले आजिविका गर्नु) भनेर सन्देश दिएको स्थान ककरपत्त हो । त्यसै गरि पारलौकिक शुखका लागि शिल सम्पदा,श्रद्धा सम्पदा,त्याग सम्पदा र प्रज्ञासम्पदा भनेर चारवटा पारलौकिक सुत्र भनेर सन्देश दिनु भएको थियो । यसै गरि सरावल ३ सरावल गाउ नजिकै रहेको प्राचिन सायुगा (सापुगा) नगर भएको स्थानमा समेत बोर्ड राखिएको थियो । उनका अनुसार सो स्थानमा समेत बुद्धको पवित्र पाउ परेको हुदा बुद्ध तिर्थ स्थल हो । प्राचिन कालमा समृद्धसम्पन्न गाउ सायुगाबाटै अपभ्रन्स भई अहिले सरावल गाउ हो । सो गाउका एक गामणी सेठलाई भगवान बुद्ध भेट्न गएका थिए ।
उनलाई दश पारमीताको सन्देशसँगै दान पारमीको महत्वबारे सन्देश दिएको कहि कहि उल्लेख पाईन्छ । यसले गर्दा यस क्षेत्रको विकासका लागि पनि डिपिआर बनाई पर्यटकिय क्षेत्र बनाउने योजना गाउपालिकाले सारेको छ । गाउपालिका भित्र यस्ता प्राचिन नगरहरुको पहिचान गराउने,डिपिआर तयार गरि विकासका योजनाका लागि गाउपालिकाले पर्यटन विकास कोष नै खडा गरि काम गरिरहेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलले बताएका थिए । यसले स्थानियबासीलाई उत्साही बनाएको छ । प्रदेश सरकारले समेत सरावल गाउपालिका भित्रैका ककरपत्त नगर क्षेत्रमा बुद्धको विद्या सिकाउने विपश्यना केन्द्रका लागि बजेट बिनियोजन गरि सकेको छ,भने लुम्बिनी बौद्ध विश्वविद्यालयले समेत आंगिँक क्याम्पस खोल्ने तयारीमा रहेको उनले जानकारी गराएका थिए ।