सिद्धज्योतिको २५ औं अभिभावक दिवस सम्पन्न

0

बर्दघाट – सिद्धज्योति आधारभुत बिद्यालय बर्दघाट १६ सिद्धनगरको २५ औ बार्षिक उत्सव तथा अभिभावक दिवस विहीवार सम्पन्न भएको छ । बार्षिक उत्सवमा बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले नगरको शैक्षिक बिकासका लागि आफु लागि परेको उल्लेख गर्दै नगरले बालबालिकाको सर्बांगिण विकासमा महत्वपुर्ण योगदान गरेको बताउनुभयो । उहाँले पुर्व प्राथमिक तहमा दिवा खाजाको ब्यवस्था समेत नगरपालिकाबाट भएको चर्चा गर्दै नगरपालिकाले शैक्षिकक्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक गणेश विश्वकर्माले बिद्यालय स्थापानाको पृष्ठभुमि सहित प्रतिबेदन पेश गर्नुभएको थियो । कार्यक्रममा बिशिष्ट अतिथि जिल्ला समन्वय समिति बर्दघाट सुस्ता पश्चिमकी सदस्य चन्द्रकला शर्मा र बर्दघाट नगरपालिका १६ का वडाध्यक्ष सुकबहादुर गुरुंग रहनुभएको थियो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष झरिया महतोको अध्यक्षता बिष्णु रानाको संचालन पिन्टु लोहारको स्वागत रहेको कार्यक्रममा सरस्वती मावि कुञ्जनपुरका प्रधानाध्यापक सोमनाथ अधिकारी, अभिभावक झेनदेवी वि.क , देवी प्रसाद अधिकारी थमान सिं गुरुंगलगायतले बोल्नुभएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले नृत्य तथा बिभिन्न कला प्रस्तुत गरेका थिए । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक गणेश विश्वकर्मालाई बिद्यालयको स्थापनादेखि २५ बर्ष सम्म योगदान गरेको भन्दै नगर प्रमुख बस्याल र वडाध्यक्ष गुरुंगले दोसल्ला ओडाउनुका साथै बिभिन्न बिद्यामा उत्कृष्ट बिद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो ।

You might also like