जसपाद्वारा लुम्बिनी प्रदेश सांसदमा कल्पनाकाे ठाउँमा निर्मलालाई सिफारिस

0

बुटवल – लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीले समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाउँमा नयाँ सांसद नियुक्तिको लागि नाम पठाएको छ। पार्टीको कार्यकारिणी बैठकले रुपन्देहीकी निर्मला मुडभरी भट्टराईलाई सिफारिस गरेको जसपा लुम्बिनी अध्यक्ष अशोक यादवले बताए।

लुम्बिनी प्रदेशमा जसपा ६ सांसद मध्ये तीन जना कारबाहीमा परेका थिए।  जसमा सन्तोष  पाण्डेय र  विजय बहादुर यादव  प्रत्यक्ष निर्वाचित हुन्। कल्पना पाण्डेय  समानुपातिक सूचीमा परेकी  थिइन्। उनको ठाउँमा पार्टीले निर्मला मुडभरी भट्टराईको नाम पठाउने निर्णय गरेको हो।

LumbiniTimes

You might also like