चु जी फाउन्डेसनद्वारा सुनवलको काेभिड अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण
उमेश बि.क / नवलपरासी
पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा अवस्थित काेभिड अस्पताललाई चु जी फाउन्डेसनले विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरस (COVID-19) को सम्भावित संक्रमणको जोखिम रोकथाम एवं नियन्त्रणका लागि चु जी फाउन्डेसनले सुनवल नगरपालिकाको काेभिड अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्रीहरु नगर प्रमुख भिम बहादुर थापा “भरत” लाई हस्तान्तरण गरेको हाे।
काेभिड १९ संक्रमित विरामीहरुकाे उपचारका लागि oxygen concenterator 10 pc ,Digital x ray machine 1 pc ,Bipap machine 2 pc र Antigen test kit 1000 kits लगाएतकाे स्वास्थ्य समाग्रीहरु हस्तान्तरण गरिएको हाे।
स्वास्थ्य समाग्रीहरु लिदै नगर प्रमुख भिम बहादुर थापा “भरत”ले यस्तो महाविपत्ति नियन्त्रण गर्ने जस्तो मानविय कार्यमा सहयोग गर्नु भएकोमा चु जी फाउन्डेसनलाई हार्दिक धन्यवाद तथा आभार ज्ञापन गर्नुभएको हाे।