मलेसियाबाट नवलपरासीका दुई जनासहित २४ नेपालीको शव र तीन अस्तु ल्याइयो
साउन ९ ।मलेसियाबाट आज एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हो ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव आजै आफन्तको जिम्मा लगाइएको छ । शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाली नागरिकका शव नेपाल ल्याइएको हो ।
यसमध्ये परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको भने अस्तु नेपाल ल्याइएको छ । सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेको मलेसिया नेपाली श्रमिकको धेरै मृत्यु हुने मुलुकमा पर्छ ।
मलेसियास्थित नेपाली दूतावासका अनुसार अन्तर्राष्ट्रिय उडान रोकिएकोले समयमा नै शव पठाउन नसकिएको हो । लामो समयसम्म सरकारले नेपाल एअरलाइन्सको वाइडबडी जहाज नपठाइदिएकोले मलेसियामा मृतक कामदारको शव ल्याउन सकिएको थिएन ।
दूतावासका अनुसार मृत्यु हुनेमध्ये अधिकांशले आत्महत्या गरेका थिए । त्यसबाहेक औद्योगिक दुर्घटना, सडक दुर्घटना र क्रोनिक रोगहरुबाट मृत्यु भएको थियो । यी शवहरुलाई नेपाल एअरलाइन्सको उडान नम्बर ४१६ को वाइडबडीबनाट ल्याइएको हो ।
क–कसको शव आयो ?
मति तामाङ– नवलपरासी,
बुद्धिराम कामी– सल्यान,
मनीराम चौधरी– बर्दिया,
कर्णबहादुर बुढाथोकी– बैतडी,
सन्दीप विक,प्रमोद विक सुनील बीसी– बाग्लुङ,
झापटबहादुर थापा– तनहुँ,
दलबहादुर मोक्तान– पाँचथर,
कृष्णकुमार राई– ललितपुर,
होमबहादुर गुरुङ– सुनसरी,
रामचरित्र कानु– बारा, अमरबहादुर माझी–
सिन्धुपाल्चोक, लोकबहादुर शाही– दैलेख,
रुपेशपुलामी मगर– सिरहा,
श्यामु थारु– कपिलवस्तु,
सोमरबहादुर तामाङ– ओखलढुङ्गा,
शम्भु विक– झापा,
कमलादेवी भण्डारी– मोरङ,
लोकबन्धु लावती– झापा,
यमबहादुर सनारी– पाल्पा,
दलमान तामाङ– ओखलढुङ्गा,
गोविन्द बोहरा– झापा,
अस्तु ल्याइएका –
मोहनप्रसाद चौधरी–नवलपरासी
मीनबहादुर विष्ट– डढेलधुरा,
रोशनकुमार यादव– सिरहा ।..Radio Parasi