सञ्चार विधेयक खारेजीको माग गर्दै शान्ति समाजद्वारा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

0
बुटवल। लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको सञ्चार विधेयक खारेजीको माग गर्दै शान्ति समाज नेपालले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका छन्। लोकतान्त्रीक गणतन्त्रात्मक मुलुकमा प्रेस स्वतन्त्रता विरोधी विधेयक प्रदेश सभामा पेश गरेको भन्दै प्रदर्शन गरेको शान्ति समाज नेपालका अध्यक्ष गोविन्द खनालले जानकारी दिए। प्रदर्शनमा सहभागीहरूले प्रेस स्वतन्त्रता विरोधी विधेयक खारेज गर, प्रेस माथिको प्रहार, निरङ्कुशताको आधार !, हामी सबै प्रेस स्वतन्त्रताको पक्षमा, प्रेस स्वतन्त्रता जिन्दावाद, लगायतका प्लेकार्डहरू प्रदर्शन गरेका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका अध्यक्ष खनालले मिडिया विधेयक नेपालको संविधानको प्रस्तावनाको विरुद्धमा रहेको भन्दै खेद प्रकट गर्दै प्रेस स्वतन्त्रता विरुद्ध भएकोले खारेज गरी पुनर्लेखनको माग गरे । उनले विश्वव्यापी मानव अधिकारको घोषणापत्रले संरक्षण गरेको अधिकारलाई प्रतिनिधित्व गर्ने प्रेस स्वतन्त्रताको विषय संयुक्त राष्ट्र संघका पक्ष राष्ट्रले सम्मान गर्नुपर्नेमा यसको विरुद्ध कानुन निर्माण गर्न खोजिनु निरंकुशता तर्फ उन्मुख हुने संकेत भएको उल्लेख गरे। 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे, शान्ति समाज नेपालका केन्द्रीय सदस्य विष्णु भुसाल, पत्रकार महासंघ रूपन्देही अध्यक्ष रामराज पोखरेल, शान्ति समाज रूपन्देही अध्यक्ष डिपी खनाल, जिल्ला सचिव कपिल ज्ञवाली लगायतले बोल्दै प्रेसलाई प्रोत्साहन गर्ने भन्दा नियन्त्रण केन्द्रीत देखिएकोले यथाशीघ्र खारेजीको माग गरे। मानवअधिकारकर्मीहरू एवं पत्रकारहरूको सहभागितामा प्रर्दशन गरिएको हो।

ग्लोबल आवाज

You might also like