राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान सक्न लागे, राष्ट्रपति विरद्ध महाअभियोग लाग्छ : वरिष्ठ अधिवक्ता भट्टराई

0

काठमाडौं, असार ११ । संसद विघटन बिरुद्ध जारी सुनुवाईका क्रममा कानुन व्यवशायीहरुले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान सक्न लागेको भन्दै राष्ट्रपति बिरुद्ध महाअभियोग लाग्ने अवस्था रहेको बताएका छन् ।

रिट निवेदक शेरबहादुर देउवाको पक्षबाट बहस गर्ने वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले राष्ट्रपति भण्डारीले महाभियोग लाग्ने काम गरेको दावी गरे । राष्ट्रपतिबाट भएका काम कारबाहीविरुद्ध न्यायिक पुनरावलोकन हुँदैन भन्ने मान्यता संविधानले स्वीकार गर्दैन । संविधानको धारा १३३ ले यो व्यवस्था स्वीकार गर्दैन । राष्ट्रपतिले संविधानको ठाडो उल्लंघन गर्नुभएको छ । राष्ट्रपतिलाई धारा ७६ (५) ले कसैलाई पनि नियुक्ति नै नगर्ने अधिकार दिएको छैन । संविधानले तोकेको कर्तव्य निर्वाह नगर्ने पदाधिकारीलाई महाभियोग लगाउने व्यवस्था छ ।
राष्ट्रपतिले संवैधानिक दायित्व भुलेको आरोप लगउँदै भट्टराईले , ‘राति ११ बजे महन्थ, राजेन्द्र र केपी ओलीले निवेदन दिँदा स्वीकार गर्ने ? यो बदनियत होइन ? भनी प्रश्न गरे ।अधिवक्ता सुनिलकुमार पोखरेल संविधानले राष्ट्रपति र प्रधानमन्त्री कसैलाई पनि संसद विघटनको अधिकार नदिएको दावी गरे ।…Mirmire online

You might also like