अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द : जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी

0

परासी, बैशाख २१ । 

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीबाट सेवा प्रवाह हुने अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द हुनेभएको छ । कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी भएपछि कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी र संघ संस्था दर्ता नविकरण लगायतका सेवाहरु बन्द गरिएको सूचना विज्ञप्ती मार्फत जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्धारा जारी विज्ञप्तीमा बैशाख २१ गते राती १२ बजेदेखि बैशाख ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गर्नुभएको छ । संक्रमण थप बढ्न नदिन, रोकथाम, नियन्त्रण र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

सूचना :

May be an image of text that says '1 श年 नेपाल सरकार गृह मन्त्ालय जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिम) मिति:२०७५।० २० सेवाप्रवाह बन्द हुने सम्बन्धी जरूरी सूचना कोभिड-१९ को बददो संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले मिति २०७5।०१।२० गते प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश बमोजिम मिति गतेदेखि मिति २०७5।०१।३१ गते सम्म यस कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु (नागरिकता, राहदानी र संघसंस्था दर्ता नविकरण लगायत) बन्द गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ। ম जिल्या.अधिकारी 98'

Radio parasi

You might also like