बर्दघाट खानेपानीले कार्यक्षेत्र भित्रका सार्वजनिक शौचालय अनुगमन गर्ने
बर्दघाट १३ बैशाख : बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्था खानेपानी सुरक्षा समितिको बैठकले कार्य क्षेत्र भित्रका सार्बजनिक शौचालय अनुगमन गर्ने निर्णय गरेको छ ।
सस्थाले कोभिड विशेष कार्यक्रमलाई निरंतरता दिने उपाध्यक्ष तथा टोलि सयोजक दिपक लम्सालले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष धातानन्द बस्यालको विशेष उपस्थिति थियो । बैठक सस्थाका सचिब धन बहादुर गुरुङको सन्चालन रहेको ब्यवस्थापक बिस्नु कुमार भुसालले जानकारी दिनुभयो ।