पशुमा हुने बाझोपन निवारणका लागि डोर टु डोर कार्यक्रम
बर्दघाट १२ बैशाख : बर्दघाट नगरपालिका पशुपन्छी तथा मत्स्य बिकास शाखाको आयोजनामा बाझोपन निवारणका लागि कृषक गोठ गोठमा विशेषज्ञ सेवा शुरु गरिएको छ । डोर टु डोर नाम दिइएको सो सेवा बर्दघाट २ चिसापानीको राना कृषि फर्म बाट आइतबार शुरु गरिएको शाखा प्रमुख भरत लम्सालले जानकारी दिनुभयो । कार्यक्रममा पशु सेवा प्राबिधिक तथा कृसकहरुलाइ डा। लक्ष्मण प्रसाद घिमिरेले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा पशुहरुमा हुने बाझो पन निवारण गर्ने उपायबारे अन्तरकृया समेत गरिएको थियो । बाझोपनको समस्याले गर्दा पशुले उत्पादन कम दिने हुँदा यो समस्या निवारणका लागि नगरले पहल लिएको प्रमुख लम्सालको भनाइ छ ।