अखिल क्रान्तिकारी दाङको जिल्ला भेला सम्पन्न

0

दाङ :अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी ) दाङ देउखुरी जिल्ला भेला अाज राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुरमा सम्पन्न भएको छ । भेलामा अखिल क्रान्तिकारी का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले शैक्षिक ब्यापारीकरण,माफियाकरण, दलालीकरण ,भ्रष्टीकरणका बिरुद्धमा निर्मम सङ्घर्ष गर्दै शिक्षालाई पुर्णरुपमा निशुल्क ,सर्बसुलभ ब्यबहारिक , बैज्ञानिक जनबादी शिक्षा लागू गराउन ,अखिल क्रान्तिकारी ले नेतृत्वदायी भुमिका खेल्नुपर्ने कुरा राख्दै यस भेलाबाट नेतृत्वमा अाउने बिद्यार्थीहरु सधैं सङ्घर्षमा उत्रनपर्ने निर्देशन दिनुभएको थियो । नेकपा (क्रान्तिकारी माअोबादी) दाङ देउखुरी जिल्ला इञ्चार्ज कमरेड समीर ले अबको शैक्षिक राजनीतिक अान्दोलनमा बिद्यार्थी संगठन दरो भएर उभिनुपर्ने बताउदै भेलालाई सफलताको कामना गर्नु भयो ।

भेलामा नेकपा (क्रान्तिकारी माअोबादी) केन्द्रीय सल्लाहकार माधब खनाल , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी )केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश संयोजक महेश श्रेष्ठ , थारु मुक्तिमोर्चा का केन्द्रीय महासचिव रामजी थारु ,नेकपा (क्रान्तिकारी माअोबादी) दाङ देउखुरी सेक्रेटरी नरेन्द्र बञ्जाडे लगाएतका बक्ताले भेलालाई शुभकामना दिनुभएको थियोे ,भने स्वागत मन्तब्य बिद्यार्थी नेता त्रिसना क्षेत्रीले गर्नु भएको कार्यक्रममा सञ्चालन डाइमन गिरी र मनोज थापाको अध्यक्षता सम्पन्न भएको थियो ।भेलाले ७ जना सदस्य पछि थप्ने १८ जना जिल्ला कार्यसमिति गठन गरेको छ । समितिको अध्यक्षमा मनोज थापा उपाध्यक्ष डाइमन गिरी र पुष्पा भण्डारी सचिव अनुप सिङ भण्डारी सहसचिव करुणा सुनार कोषाध्यक्ष :- कार्यसमिति बैठकले मनोनीत गरिने भएको हो ।

त्यस्तै सदस्यहरुमा करण खडका, अायुस रसाइली ,अभिषेक सिङ कौशल ,टीका शर्मा , सितल पुन ,पारस बि क, सीता चालिसे ,मार्मि केसी ,कमल वली ,ममता शर्मा ,पुष्पा थापा ,पुष्पा भण्डारी, भुपेश मिजार ,रहनु भएको छ । उक्त भेलाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई देशभक्त जनगणतान्त्रिक मोर्चा दाङ देउखुरी का अध्यक्ष ईश्वरी प्रसाद गैरे संगठन ले खेल्नुपर्ने भुमिका बारे चर्चा गर्दै बधाई तथा सफलताको कामना ब्यक्त गर्नु भएको थियो ।

You might also like